पुष्प व्यवसायका लागि लगानी बढाइने : कृषिमन्त्री

This post has already been read 177 times!

काठमाडौं,काठमाडौं, १४ चैत / कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पुष्प व्यवसाय विस्तारका लागि सरकारले आवश्यक लगानी गर्न तयार रहेको बताएका छन्। बिहिबारदेखि राजधानीमा सुरु  भएको दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलाको उद्घाटन गदै कृषिमन्त्री पराजुलीले आगामी बजेटमार्फत पुष्प व्यवसायमा बजेट बिनियोजन गर्ने बताएका हुन्। ‘पुष्प व्यवसायलाई प्रभावकारी बनाउन यो क्षेत्रमा थप लगानी लगानी मन्त्रालय तयार छ,Ó उनले भने।
17

मुलुकको आर्थिक विकासका लागि कृषिको आधुनिकरण, व्यवसायीकरण र औधौगिकरणमा जोड दिनुपर्ने बताउँदै कृषिमन्त्री पराजुलीले कृषिलाई विस्तार गर्न सकिए प्रचुर रूपमा रोजगारीका अवसरहरु  सिर्जना हुनुका साथै कुल ग्राहस्थ उत्पादन(जिडिपि)मा समेत ठुलो योगदान पुग्नेे बताए । ‘पुष्प व्यवसायलाई प्रचार-प्रचार, उत्पादन र बजारीकरण गर्न सकिए मुलुकको आर्थिक विकासमा महत्वपुर्ण योगदान पुग्न सक्छ,Ó मन्त्री पराजुलीले भने।

 

मन्त्रालयका सहसचिव विजय कुमार मल्लिकले पुष्प व्यवसाय विस्तारका लागि पुष्प नीति स्वीकृत भई कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिए। व्यवसाय प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षमा चोभारमा पुष्प बजार स्थापना गर्ने तयारी गरिएको उनले बताए। नेपाल उद्योग बाणिज्य महासंघकी  उपाध्यक्ष भवानी राणाले पुष्प व्यवसायबाट आर्थिक समबृद्धि हुनसक्ने भन्दै यस व्यवसायलाई तुलनात्मक लाभ भएको वस्तुका रूपमा राखिनुपर्ने बताईन। उनले पुष्प व्यवसायका प्रसस्त स भावना भएकाले यसलाई एक गाउँ एक उत्पादन कार्यक्रममा समावेश गरिनुपर्ने सुझाव दिइन।

 
लोरिक ल्चर एसोसिएसन नेपाल( यान) आयोजनामा भएको मेलामा फूलका स्वदेशी र विदेशी उत्पादन राखिएको छ। मेलामा व्यावसायिक स्टाल ५९, सूचनामूलक स्टाल १५ र अन्तर्राष्ट्रिय स्टाल २१ ओटा गरी ९५ ओटा स्टाल राखिएको छ। मेलामा मौसमी फूल, आलंकारिक बोटबिरूवा, कट फ्लावर, ड्राइ फलावर, सुनखरी, क पोस्ट मल, बीउबिजन, कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री र विषादीको प्रदर्शनी  तथा बिक्रीकक्ष राखिएको छ । मेलामा  भारत, बंगलादेश, जापान, हल्यान्ड र अमेरिकाबाट पुष्प व्यवसायीहरूले सहभागिता जनाएका छन्।

यानका अध्यक्ष लोकनाथ गैरेले व्यवसायमा लगानी नहुँदा व्यवसाय विस्तार गर्न नसकिएको बताए ।  कृषिको व्यवसायिकरण गर्नका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको उनको भनाई छ ।  कृषि क्षेत्रमा लगानि बृद्धि गदै गए पुष्प व्यवसाय विस्तार गर्न सकिने व्यसायीको भनाई छ । बजारमा माग बढ्दै गए पनि लगानी अभावले व्यवसाय विस्तार हुन नसकेको उनको भनाइ छ । बर्सेनि १० देखि १५ प्रतिशतस म माग बढ्दै गए पनि सोही अनुपातमा उत्पादन नहुँदा बाह्य मुलुकबाट आयात गर्नुपरेको व्यवसायीको भनाइ छ ।

 

फ्यानकाअनुसार अहिले स्थानीय उत्पादनले ८० प्रतिशत माग धान्ने गरेको र २० प्रतिशत मात्र बाह्य मुलुकबाट आयात हुने गरेको छ। विशेष गरी आलंकारिक बिरु वा, कटफ्लावर, गुलाब, जर्बेरा र सयपत्रीको माला भारतबाट आयात हुन्छ।  नेपालमा वार्षिक रु पमा एक अर्ब मूल्यबराबरको फूलको कारोबार हुन्छ। हालस म ६ सय ५० नर्सरी विस्तार भइसकेका छन्। यस व्यवासयमा ४१ हजारभन्दा बढीले प्रत्यक्ष रू पमा रोजगारी पाएका छन्। आर्थिक वर्ष २०६९/७० मा १९ करोड ५४ लाखको मौसमी फूलको र ३७ करोड १५ लाखको आलंकारिक फूलको कारोबार भएको थियो। कटफ्लावरतर्फ १८ करोड ४२ लाख, ल्याण्डस्केपतर्फ ९ करोड ३२ लाख र राइज्म ट्युबर टिस्युकल्चरतर्फ ७ करोड ५० लाख रू पैयाँको कारोबार भएको गैरेले जानकारी दिए। व्यवसायीकाअनुसार सोही अवधिमा ३ करोड ६९ लाख रू पैयाँको पुष्पजन्य वस्तुको आयात भएको छ ।