भारतमा कृषिमा आश्रित जनसङ्ख्या ५०५ वृद्धि

यो समाचार 183 पटक पढिएको

भारत, १३ चैत / सन् १९८० देखि २०११ को बीचमा भारतमा कृषिक्षेत्रमा निर्भर जनसङ्ख्यामा उच्च वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ । सो अवधिमा भारतीय कृषकको सङ्ख्या ५० प्रतिशतले बढेको अमेरिकास्थित पर्यावरणीय अनुसन्धान संस्था वर्ल्डवाच इन्ष्टिच्युटद्वारा सार्वजनिक प्रतिवेदनले देखाएको हो ।

Agriculture-land-300x205

कृषिमा आश्रित जनसङ्ख्यामा भारतलाई पछ्याउँदै चीन दोस्रो स्थानमा आएको छ । सन् १९८० र २०११ को बीचमा चिनियाँ कृषकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ । सोही अवधिमा अमेरिकी कृषकको सङ्ख्यामा भने ३७ प्रतिशतको कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘समग्र जनसङ्ख्यामा भएको उच्च वृद्धिका कारण सन् १९८० र २०११ को बीचमा भारत र चीनमा आर्थिक रूपमा सक्रिय कृषकको सङ्ख्या क्रमशः ५० र ३३ प्रतिशतले बढेको छ,’ वर्ल्डवाचले बताएको छ ।

 

 

 

सोही अवधिमा अमेरिकी कृषकको सङ्ख्या भने ३७ प्रतिशतले घट्नुमा त्यहाँ व्यापक मात्रामा बढ्दै गएको नयाँ प्रविधिप्रतिको निर्भरताको महत्वपूर्ण भूमिका रहेको पाइएको छ । उन्नत जातका अन्नबालीहरूमा भएको विविधता, मलखाद, कीटनाशक औषधि र कृषिमा आएको व्यापक एकीकरणका कारण त्यहाँ आर्थिक रूपमा क्रियाशील कृषकको सङ्ख्या घटेको विश्लेषण गरिएको छ । त्यस्तै, सन् २०११ मा जीविकोपार्जनका लागि कृषि, शिकार, माछापालन र वनमा निर्भर कृषकले विश्व जनसङ्ख्याको करीब ३७ प्रतिशत ओगटेको प्रतिवेदनमा बताइएको छ ।

 

 

विश्वका कृषकको सङ्ख्याको यो आकार सन् १९८० को तुलनामा १२ प्रतिशतले कम हो । यसैक्रममा सन् १९८० र २०११ को बीचमा अफ्रिकी कृषकको सङ्ख्या ६३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । सो अवधिमा त्यहाँको गैरकृषकको जनसङ्ख्या भने २ सय २१ प्रतिशतले बढेको छ ।

 

सोही अवधिमा एशियाको कृषक जनसङ्ख्या २० प्रतिशतले बढेको छ भने गैरकृषकको सङ्ख्या भने १ सय ३४ प्रतिशतले बढेको पाइएको छ । त्यस्तै, अमेरिकी कृषकको ग्रामीण क्षेत्रबाट शहर जाने प्रवृत्ति र कृषिमा आएको समायोजनले अमेरिकी कृषक घटाउन भूमिका निर्वाह गरेको बताइन्छ । सो अवधिमा यूरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकामध्ये अमेरिका र क्यारेबियन क्षेत्रमा कृषकको सङ्ख्या क्रमशः ६६ प्रतिशत, ४५ प्रतिशत, ३५ प्रतिशत, १३ प्रतिशत र ७ प्रतिशतले घटेको प्रतिवेदनमा बताइन्छ । रासस/पीटीआई

रचनात्मक प्रतिक्रिया दिनुहोस् :