कृषकलाई चल्ला र बाख्रा वितरण

This post has already been read 178 times!

हेटौँडा, चैत  १२/  मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १० गाविसका कृषकले लगाउँदै आएको अवैध गाँजा र अफिमखेती नियन्त्रण गरी वैकल्पिक आयआर्जनका लागि उनीहरूलाई सरकारीस्तरबाट कुखुराका चल्ला र बाख्रा वितरण गरिएको छ ।

2ChickenFamilyNewsagrocom

गाँजा र अफिमको उत्पादन क्षेत्रबाट प्रभावितमध्ये राक्सीराङ गाविस–५ तथा सरीखेत गाविस–७ का करीब एकसय कृषक परिवारलाई आयआर्जनका लागि जिल्ला पशुसेवा कार्यालयका तर्फबाट आज चैनपुरमा आयोजित एक कार्यक्रममा एक हजार वटा कुखुराका चल्ला तथा जनही रू. एक हजार अनुदान वितरण गरिएको छ ।

 

प्रत्येक कृषक परिवारलाई १० वटा कुखुराका चल्ला र पाँच केजी दाना उपलब्ध गराइएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए । त्यस्तै जिल्लाको कालिकाटार गाविसको वडा नं ४, ६ र ७ का १ सय कृषक परिवारलाई बाख्रापालन गर्न रू. दुई लाख ७४ हजार अनुदान रकम वितरण गरिएको छ । बाख्रापालन गर्ने प्रत्येक कृषकलाई खोर तयार पार्न रू दुई हजार ५ सय अनुदान र १० वटा बोका पनि वितरण गरिएको सो कार्यालयबाट थाहा भएको छ ।