आँपको फूल र चिचिलामा किराको प्रकोप

यो समाचार 195 पटक पढिएको

 रौतहट, १२ चैत । आँप यस वर्ष रौतहटमा धेरै फूलेको छ भने रोग किराकोसमेत प्रकोप देखापरेको छ । चक्रिय रुपमा आँप फूल्ने वर्ष भएकाले यस वर्ष गएको वर्षको तुलनामा दोब्बर आँप फूलेको कृषि प्राविधिकले बताएका छन् ।

Mango Flowerआँपको व्यावसायिकखेती गर्दै आएका किसान भने आँपको फूल र चिचिलामा रोग किराको प्रकोप देखापरेको छ । यस समयमा आँपमा मधुवा रोग लाग्ने र पातमा मह जस्तो गुलियो पदार्थ छरे जस्तो देखिने र त्यो बढ्दै गएर फूल र चिचिलालाई नोक्सान पु-याउने जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख राजनारायण यादवले बताउनुभयो ।

 

मधुवा रोगबाट आँपको फूल तथा चिचिलालाई बचाउनका लागि जिल्ला कृषि विकास कार्यालय रौतहटका प्रमुख यादवले फायोडिन तथा रोगर मल्टिल्पेक्समा प्रतिलिटर पानीमा डेढ एमएल मिसाएर छर्न सुझाव दिएका छन् । साथै उनले आँपमा बढी रोग किराको प्रकोप देखिए कृषि प्राविधिकसँग सल्लाह लिनसमेत किसानसँग आग्रह गरेका छन् ।

 

रौतहटमा उन्नत प्रजातिका दशहरी, बम्बे, मालदह, सफेदा, आम्रपालीलगायत स्थानीय जातका आँपको व्यावसायिकखेती हुने गरेको छ । रौतहट जिल्लामा तीन हजार पाँच सय पाँच हेक्टर क्षेत्रफल आँपको व्यावसायिकखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय रौतहटका वागवानी अधिकृत नरेश महतोले बताउनुभएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :