खाद्य सुरक्षाका लागि पानीको सुरक्षा गर्नुपर्ने जोड

यो समाचार 185 पटक पढिएको

काठमाडौं, ११ चैत/ खाद्य सुरक्षा कायम रा न पानीको श्रोतलाई सुरक्षित रा नुपर्ने औल्याइएको छ। ईस्टिच्युट फर सोसल एण्ड इन्भारोमेण्ट ट्रानजेसन(आइसेट) को सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले विश्व पानी दिवसको अवसरमा मंगलबार आयोजना गरेको खाद्यका लागि पानी बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका विज्ञहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

water food security

खाद्यान्नका लागि पानीको आवश्यकता, स बन्ध र यसको सुरक्षाका बिषयमा हालस म विभिन्न निकायमार्फत भइरहेका प्रयासबाहेक ‘पानी-कृषि-खाद्य सञ्जालÓ का बिषयमा भावि नीति तथा रणनीति तयार पार्न उक्त अन्तरक्रियाको आयोजना गरिएको थियो। कार्यक्रममा पानी तथा वाली, पानी तथा माछा, पानी तथा पशुपंक्षि, पानी तथा सिंचाई, पानी तथा मत्स्यपालन, पानी तथा नेपालमा खाद्य सुरक्षा, पानी सुरक्षालगायत नौंवटा बिषयमा बिभिन्न क्षेत्रका बिज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।

 

 

पानीस बन्धी बिज्ञ जीवनप्रसाद तनजुकाअनुसार पानीबिना खाद्य सुरक्षा कायम हुन नसक्ने भएकाले पानीलाई अनावश्यक रूपमा प्रयोग नगर्न सुझाव दिए। उनले पानी बिना वाली तथा तरकारी उत्पादन गर्न, माछा पालन गर्न, खेतवारीमा सिंचाई सुविधा पु:याउन, पशुपालनलगायतका कृषि कर्म गर्न नसक्ने भएकाले अहिलेदेखि नै पानीको उपलब्धताको अवस्थालाई हेरेर त्यसबाट अधिकतम उपयोग गर्न सुझाव दिए। उनकाअनुसार एक किलो गहुँ उत्पादनका लागि पाँचसयदेखि दुईहजार लिटर, सोही परिमाणमा धान फलाउन पाँचहजार लिटर, सोही परिमाणमा मासु उत्पादन गर्न सातहजारदेखि १५ हजार लिटर पानी आवश्यक पर्ने जानकारी गराए। यसैगरी एक व्यक्तिका लागि एक दिनको खानाका लागि दुईहजार लिटर तथा मासुसहितको खाना तयार पार्नका लागि चारहजार लिटर पानी आवश्यक पर्ने वताए।

 

 

नार्कका बैज्ञानिक यज्ञप्रसाद गिरीका अनुसार पानी र कृषि एक अर्काका पुरक तत्व मानिन्छ। विश्व खाद्य संगठनकाअनुसार विश्वभर सतह तथा भूमिगत पानीको करिब ७० प्रतिशत पानी कृषि कर्ममै उपभोग भइरहेको छ। यसको ४४ प्रतिशत युरोपमा, ८० प्रतिशत अमेरिकामा र बाँकी अन्य मुलुकमा प्रयोग भइरहेको छ। मानिसले प्रतिदिन उपभोग गर्ने कूल पानीको परिमाणमध्ये ९२ प्रतिशत खाद्यवस्तु उत्पादनमा प्रयोग भइरहेको जानकारी गराउदै उनले आर्थिक सहयोग तथा विकास संस्था(ओईसीडी) का प्रतिवेदनअनुसार सन् २०५० स ममा विश्वका ४७ प्रतिशत मानिस पानीको  अत्यन्त जोखिमपूर्ण संकटको सामना गर्नुपर्ने बताए।

 

 

आइसेटका अध्यक्ष तथा पूर्व वातावरण तथा बिज्ञानमन्त्री गणेश साहको अध्यक्षतामा भएको उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रका नौंजना बिज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :