एक करोडको तरकारी नष्ट, कृषकहरुमा रुवाबासी

यो समाचार 164 पटक पढिएको

पर्वत, ११ चैत/  मनग्गे आम्दानी गर्ने सपना बोकेर लगाएको व्यावसायीक तरकारी वाली एकैछिन परेको असिनाले सखाप पारेपछि यहाँको एक गाउँका कृषकमा रुवाबासी छाएको छ । तरकारी खेतीका लागि जिल्लाको मुख्य पकेट क्षेत्र मानिएको पर्वत जिल्लाको नाङलीवाङ गाविस वडा नं. ९ फर्सेका कृषकहरुमा यतिवेला रुवाबासी छाएको छ ।

असिनाले एउटै गाउँमा एक करोडको तरकारी नष्ट, कृषकहरुमा रुवाबासीव्यावसायीक हिसावले लगाएको सवै तरकारी र अन्नवालीका साथै फलफुलसमेत असिनाले नष्ट गरिदिएपछि उजाड खेतवारीमा हेरेर रुनुको विकल्प छैन । फर्सेमा रहेका ७३ घरधुरीले ५ सय ५० रोपनीमा लगाएको १ करोड भन्दा बढिको तरकारी तथा गहुँ र फलफुल पूर्ण रुपमा नष्ट बनेको हो । शनिवार दिउँसो १ घण्टा परेको असिनाले पुरै तरकारी, अन्नवाली र फलफलु सखाप पारेको स्थानिय कृषक राजन सापकोटाले जानकारी दिए ।

 

उनका अनुसार प्रत्येक घरधुरीले लगाएको ५० हजार देखि ३  लाख रुपैयासम्म तरकारी नष्ट भएको हो । शनिवार दिउँसोसम्म हराभरा देखिने फर्सेको फाँट अहिले उजाड बनेको छ । कृषकहरुका अनुसार २ फिट बाक्लो असिना परेको थियो ।
कृषकहरुले बजारमा लैजानका लागि तयारी अवस्थामा रहेको आलु, काउली, बन्दा, टमाटर, गाँजर, खुर्सानी, घिरौला, करेला, काक्रा, खुर्सानी, भण्टा, रामतोरिया, सिमी, प्याज, लसुन, मुला र जुकेनी लगायका तरकारी पुर्ण रुपमा सखाप पारेको हो ।

 

 

तरकारी व्यावसायवाट जीवन गुजारा गर्दै आएका उक्त गाउँका कृषकहरु समस्यामा परेका छन् । हेर्दाहेर्दो पुरै फाँटमा लगाएको तरकारी सखाप बनायो कृषक तुलबहादुर खत्रीले भने–‘८० वर्ष पछाडि यति ठुलो असिना पार्याे सवै कृषकहरुको वर्षभरीको कमाई गुम्यो ।’ उनका अनुसार उपभोग गर्नका लागि तयार भएका सवै तरकारीहरु कामै नलाग्ने भएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :