राजधानीमा अन्तर्राष्ट्रिय पुष्प मेला

यो समाचार 292 पटक पढिएको

काठमाडौं, ११ चैत/ आगामी बिहिबारदेखि चारदिने दोश्रो अन्तर्राष्ट्रिय पुष्प मेला तथा प्रदर्शनीको आयोजना हुने भएको छ। यसअघि सन् २००१ मा पहिलो पटक अन्तर्राष्ट्रिय मेला तथा प्रदर्शनीको आयोजना गरिएको थियो। मेला भृकुटिमण्डपमा आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

Flower Expo 2014, Newsagrocom

व्यवसायिक कृषि तथा व्यापार आयोजना(प्याक्ट) र कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहकार्यमा लोरिक ल्चर एशोसिएसन नेपाल( यान)ले आयोजना गरेको मेलामा व्यवसायिक स्टल ५९, सूचनामूलक १५ र अन्तर्राष्ट्रिय सहभागिता स्टल २१ वटा गरेर ९५ वटा रहने व्यवस्था मिलाइएको यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिए। मेलाको उदघाट्न कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले गर्ने आयोजक संस्थाले जनाएको छ।

 

 

उनकाअनुसार मेलामा नेपालसहित अन्य ६ वटा मुलुकद्वारा उत्पादित तथा वितरित मौसमी फूल, पाँचसयभन्दा बढी प्रजातिका आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, क पोष्ट मल, फूलका बल्ब, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रबिधी र विषादीस बन्धी प्रदर्शनी तथा विक्रि कक्षको व्यवस्था गरिएको छ। ‘दोश्रो अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउने विभिन्न मुलुकका प्रविधि र व्यवसायीहरूसँग स्वदेशी किसान तथा व्यवसायिहरूले ज्ञान तथा शिप साटासाट गर्ने अवसर पनि प्राप्त गर्न सक्नेछन्,’ उपाध्यक्ष श्रेष्ठले सोमबार राजधानीमा आयोजित पत्रकार स मेलनमा जानकारी गराउदै बताए।

 

 

मेलाका अन्तर्राष्ट्रिय संयोजक राजेशभक्त श्रेष्ठकाअनुसार मेलामा सहभागि भएका बिभिन्न नर्सरी व्यवसायीहरूद्वारा उत्पादित पुष्प बिरूवाबीच प्रतिस्र्पधा गराएर उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक विरूवा, उत्कृष्ट फूल्ने विरूवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल र कदर पत्रलगायतका विद्यामा पुरस्कृत समेत गरिनेछ। यानका अध्यक्ष लोकनाथ गैरेकाअनुसार नेपालको कूल पुष्पस बन्धी मागको ८५ प्रतिशत आन्तरिक उत्पादनले धान्दै आएको छ। अघिल्लो दशक स म आन्तरिक मागको ८० प्रतिशत पुष्प तथा पुष्पजन्य बस्तु भारतलगायत तेश्रो मुलुकबाट आयात हुन्थ्यो।

 

 

‘प्रत्येक बर्ष दशदेखि १५ प्रतिशत आन्तरिक मागमा बृद्धि भईरहेको र उक्त मागलाई पुरा गर्न गुणस्तरयुक्त उत्पादनमा बृद्धि गर्नुपर्ने देखिन्छ,Ó अध्यक्ष गैरेले भने,’यो व्यवसायलाई व्यवसायिक बनाउन सके बैदेशिक रोजगारको नाममा बिदेसिएका युवा पुस्तालाई स्वदेशमा लगानी गर्नसक्ने वातावरण तयार गर्न सकिन्छ। ‘ यानले २०५१ सालदेखि पुष्प व्यवसायलाई प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रिय तथा बिषयगत पुष्प प्रदर्शनी तथा मेलाको आयोजना गर्दैआएको छ।

 

 

गत आर्थिक बर्ष ०६९/७० मा १ अर्ब १६ करोडको पुष्पस बन्धी कारोबार भएकोमा निर्यात ४ करोड र आयात पौने चार करोड मूल्यबराबरको भएको यानले जनाएको छ। कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमका अनुसार काठमाडौं, भक्तपुर, कास्की र चितवनवाहेक हाल ३६ जिल्लामा १ सय २० हेक्टरको क्षेत्रफलमा रहेका करिब ६ सय ३६ पुष्प फर्म तथा नर्सरीहरूबाट पुष्प उत्पादन भइरहेको छ। यो व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर करिब ४० हजार परिबार रोजगारी पाएका छन।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :