आलुको बीयाँ विउबाट फाइदै फाइदा

यो समाचार 180 पटक पढिएको

सय ग्राम वियाले गर्छ २ मेटन दाना आलुको काम
काठमाडौं, १० चैत/ केही वर्षयता परिक्षणको लागि प्रयोग भैरहेको आलुको बीयाँ विउका फाइदा धेरै रहेकाले नेपालका लागि दाना आलुको विउको तुलनामा फाइदा धेरै भएको पाइएको छ । २ मेट्रिक टन दाना आलुको काम १०० ग्राम वियाले गर्न सक्ने भएकाले यसबाट प्रयाप्त लाभ लिनुपर्ने नेपाल कृषि अनुसन्धान पषिद् (नार्क) ले सुझाएको छ ।

Potato seedNewsagrocom

हाल देशका विभिन्न भागमा करिव साढे ७ हजार हेक्टरमा वियाँबाटा आलु खेती सफलतापूर्वक भैरहकाले देशभर यस्तो विउको प्रयोग बढाउन नार्कले कृषकको ध्यानाकर्षण गराएको छ । नार्कको राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम अन्तर्गत पटक पटक गरेको अनुसन्धानबाट नेपालमा बीयाँ आलुको प्रयोग उपयुक्त रहेको प्रमाणित समेत गरिएको छ । कार्यक्रमले वर्णशंकर (हाइब्रिड) जातका एचपीएस ७/६७ र एचपीए दोस्रो/७७ जातहरु नेपालका लागि सिफारिस गरेको छ ।

 
आलुको बोटको शीर्षभागमा फूल फुली लागेको सानो गोलभेडाको जस्तो फलभित्र आलुको विशेष वियाँ हुन्छ जसलाई विउको रुपमा प्रयोग गर्न सकिन्छ । बीयाँ उत्पादन गरिने स्थान र जात अनुसार एउटा आलुको बोटमा ५० देखि १०० साना फलहरु (वेरी) फल्ने र एउटा फलमा १ सय ५० देखि २ सय सम्म वीया फल्ने गरेको नार्कको अनुसन्धानले देखाएको छ । एक ग्राम तौलमा यस्ता वियाँ १ हजार ५ सय देखि २ हजार सम्म वियाँ हुन्छन् । वीयाँबाट नर्सरीमा वेर्ना तयार गरी बारीमा रोपेमा दाना आलुको जस्तै फल लाग्ने नार्कले जनाएको छ ।

 

 
अन्तराष्ट्रिय आलु विकास केन्द्र (सिआइपी) लिमा, पेरुबाट प्राप्त आलुका बियाँका जातहरुको अनुसन्धान समेत भैरहेको नार्कले जनाएको छ । “यो, नर्सरीमा वेर्ना उत्पादन गरी जमिनमा सार्न सकिने खालको प्रविधि हो,” नार्कका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. मनोज ठाकुरले भने, “एक ठाउँबाट अर्को ठाउमा लैजानको लागि ढुवानी वचत हुने भएकाले नेपालका हरेक दुर्गम स्थानमा सजिलै पु्¥याउन सकिने भएकाले यसबाट फाइदै फाइदा छ ।” नेपालका ७५ जिल्ला र तराइको समथर होचो मैदानदेखि पहाडको ४ हजार मिटरसम्ममा वीयाँबाट खेति गर्न सकिने उनले बताए ।

 

 
वीयाँ विउको मूल्य प्रतिकिलो ३० हजार रुपैया पर्छ । तर यसको १०० ग्रामले मात्र २ मेट्रिक टन आलु बराबरको काम गर्ने भएकाले तुलनात्मक रुपमा वीयाँ नै सस्तो पर्ने ठाकुरले बताए । “दाना आलुको काम वियाँले गर्ने भएपछि आलुलाई खानाको लागि समेत प्रयोग गर्न सकिन्छ,” उनले भने, “गुणस्तरिय वीउ आलुको अभावले आलु खेती हुन नसकेको ठाउँहरुमा पनि आलु खेतीको विस्तारको लागि वीयाँ राम्रो विकल्प बनेको छ ।” वीयाँबाट आलु खती गर्दा आलु दानाको लागि पर्ने भण्डारणको समस्या समेत नपर्ने उनले बताए ।

 

 

यसैगरी आलु वीयाँमा रोगका जीवानणुहरु नरहने हुँदा वीयाँबाट उत्पादित विउ स्वस्छ रहने भएकाले यसको प्रयोगबाट उत्पादन वृद्धि हुनुका साथै रोग तथा किरा सर्ने डर समेत कम हुने नार्कले जनाएको छ । परम्परागत आलु खेती हुने सबै ठाउँमा वीयाबाट आलु खेती गर्न सकिने भएकाले आलु उत्पादकलाई नार्कले ध्यानाकर्षण गराएको छ ।आलु नेपालमा धान, मकै र गहुँपछि चौथो मुख्य खाद्यान्न बालीको रुपमा लिइन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :