वनमाराबाट चारकोल बनाइँदै

This post has already been read 247 times!

काठमाडौं, २८ फागुन । देशभर जंगलमा काम नलाग्ने बोटबिरुवा (वनमारा० प्रशस्तै छन् । अन्य बोटबिरुवालाई सप्रन नदिई डढेलोझैं फैलने वनमाराको नियन्त्रण गर्न संरक्षण निकायहरूलाई चिन्ताको विषय बन्दै आएको छ ।

 

चितवन निकुन्ज, पर्सा वन्यजन्तु आरक्षलगायत स्थानमा ुमाइकेया म्याकारान्थाु प्रजातिको वनमाराले दुर्लभ जनावरहरूको चरिचरन नै संकटमा पारिसकेको छ । त्यही वनमारा यतिबेला ठूलो उपयोगितामा रूपान्तरित हुँदैछ । वनमारासहित अनिवार्य रूपमा काट्नैपर्ने बोटबिरुवा संकलन गरेर वातावरणमैत्री कोइला (चारकोल० बनाउने महत्त्वाकांक्षी जैविक ऊर्जा परियोजना सुरु भएको छ ।

 

परियोजना पहिलो चरणमा काठमाडौं उपत्यकासहित काभे्र, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा लागू हुनेछन् । परियोजनाले ४ वर्षभित्र १० हजार ५ सय जनालाई हरित रोजगारी (ग्रीन जब० दिने लक्ष्य राखेको छ । ९ सय ७२ स्थानमा वातावरणमैत्री कोइला (चारकोल० उत्पादन गर्ने मेसिन (रिट्रोट० खडा गरिनेछन् । परियोजनामा लगानी गर्न केही बैंकले रुचि देखाएका छन् ।

 

यस्तो चारकोलले दाउराका लागि गरिने रूख कटान, पत्थर कोइलाको आयात, हानिकारक ग्यास उत्पादन र जीवाष्मा इन्धनको खपतमा उल्लेख्य कटौती गर्ने विश्वास परियोजनासम्बद्ध अधिकारीहरूको छ । ुहेल्भेटास स्विस इन्टरकर्पोरेसनुले अगुवाइ गर्ने चारवर्षे परियोजनामा वातावरण, वन, वनस्पतिका साथै स्वच्छ ऊर्जा क्षेत्रमा कार्यरत आईयूसीएन, एन्साब, स्टारिक र विनरकलगायत संस्थाहरू सहयोगी साझेदार बनेका छन् । परियोजना टिमलिडर चन्द्र अधिकारीका अनुसार चयन गरिएका जिल्लाहरूमा कार्यक्रम सञ्चालन गर्दा निजी क्षेत्र र किसानलाई ग्राह्यता दिइनेछ ।

 

हेल्भेटासले प्राविधिक सहयोगका साथै समन्वय र बजार योजना बनाउन मुख्य सहयोग गर्ने राष्ट्रिय निर्देशक भरतकुमार पोखरेल बताउँछन् । अधिकारीका अनुसार सुरुमा सरकार र समुदायले संरक्षण गरेका वनभित्र काम नलाग्ने हानिकारक बोटबिरुवालाई काटेर संकलन गरिनेछ । त्यसलाई रिट्रोट (फलामको पाताले बनाइएको भाडा० भित्र राखिन्छ । रिट्रोटको तल्लो भागबाट आगो लगाएर करिब तीन घन्टा ताप दिइन्छ । तीन घन्टाको तापपछि वनमाराका हाँगाबिंगा कोइला (चारकोल० मा परिणत हुन्छ ।

 

 

अध्ययनअनुसार पत्थर कोइलाभन्दा यसरी उत्पादन गरिएको चारकोलको ुक्यालोरी पावरु बढी हुन्छ । चारकोललाई खाना पकाउन, कलकारखानाका साथै इँट्टाभट्टा कारखानामा ऊर्जाको रूपमा प्रयोग गर्न सकिने पोखरेल बताउँछन् । यसलाई प्रतिकिलो १९ रुपैयाँमा बिक्री गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।