कृषिमन्त्री – पत्रकार भेटघाट

यो समाचार 134 पटक पढिएको

काठमाडौं, १६ फागुन । नवनियुक्त कृषि विकासमन्त्री हरिप्रसाद अधिकारीले आफ्नो कार्यकालमा कृषिको व्यवसायिकरण गर्न उल्लेख्य सहयोग गर्ने बताएका छन् ।

Minister Prajulinewsagrocom

नेपाल कृषि पत्रकार प्रतिष्ठानले शुक्रबार सिंहदबारमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन ।

 
प्रतिष्ठानका पदाधिकारीहरुसँंग छलफल गर्दै कृषि क्षेत्रमा निरन्तर रुपमा कमल चलाउदकृषि क्षेत्रमा काम गर्ने कृषि पत्रकारहरुका लागि मन्त्रालयले क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउदै उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भएकाले मुलुकका मेरुदण्डलाई बलियो बनाउन कृषिसम्बन्धी खोजी पत्रकारिता गर्न सञ्चारकर्मीहरुलाई सुझावसमेत दिए ।
पांचबर्षमा आन्तरिक बिउविजनको प्रयोग गरेर खाद्य सुरक्षामा पहुंच पुरयाउन सक्ने दावी गर्दै मन्त्री पराजुलीले यसका लागि कृषिको व्यवसायिकरण गर्न जोड दिए । जेनेटिक्कली मोडिफाई अर्गानिज्म(जिएमओ) प्रविधिका विउ नेपालमा आयातको अनुमति नरहेको तर खुला सिमानाका कारण भित्रिने गरेको जानकारी दिए । जिएओको बिषयमा स्पष्ट नीति नभएकाले पनि समस्या आएको स्पष्ट पार्दै उनले यसबारेमा आवश्यक छलफलको आधारमा नीति तयार पारिने बताए ।

Comments are closed.