गाँजाः दुरुपयोगले बन्यो लागूपदार्थ

यो समाचार 241 पटक पढिएको

काठमाडौं, १६ फागुन । शिवरात्रीसँगै गाँजाको चर्चा हुने गर्दछ । भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्नेहरु उत्तिकै हुन्छन् । आयुर्वेदमा समेत उल्लेख गाँजाको औषधीय महत्व पनि छ, तर सीमा र मापदण्ड नाघेर सेवन गर्दा यसले लागू पदार्थको रुप लिएको छ ।
गाँजाको वनस्पति नै हुने गर्दछ ।

Gajanewsagrocom

नेपालको तराइ भेगमा यसको खेती पनि गरिन्छ, तर लुकीछिपी । यसको पात र डाँठबाट गाँजा बनाइन्छ । कतिपयले भाङको पातबाट पनि गाँजासरह पदार्थ बनाउने गर्दछन् । गाँजाको सेवन खासगरी मानसिक स्वास्थ्यको लागि गर्ने गरिएको छ । तर यसको मापदण्डविपरीत सेवन गर्दा प्रतिकूल असर पर्ने आयुर्वेदमै उल्लेख छ ।

 
अमेरिकाको केही राज्यमा गाँजालाई औषधीय मान्यता पनि दिइएको छ । हाम्रै वैद्य, कविराजहरुले पनि मानसिक रोगहरुमा गाँजाको मात्रा मिलाएर औषधि बनाउने गरेका छन् ।

गाँजामा रहेको म्भतिब ढ त्ज्ऋ ले मस्तिष्कमा विशेष असर गर्दछ । जब गाँजा धूँवाको रुपमा सेवन गरिन्छ तब यसमा रहेको रासायनिक तत्वहरु छिटै रगतमा मिसिएर मस्तिष्क र शरिरका अन्य भागहरुमा प्रसार हुन्छन् । यसलाई चिकित्सकीय भाषामा ‘स्टोन्ड’ भनिन्छ । गाँजामा भएको तत्वहरुले भावना, सोचाइ र अनुभूति सबै नियन्त्रित गर्दछ । कतिपयले खुसी अनुभव गर्छन् । कतिपयले तनाव घटेको, निन्द्रा लागेकोजस्ता आनन्द महसुस गर्दछन् ।

 

तर १० प्रतिशतलाई भने गाँजाको प्रतिकूल असर पर्दछ । तनाव बढेको, बेचैनी भएको, आत्तिएकोजस्ता महसुस गर्दछन् ।
लामो समयको सेवनबाट गाँजाको दिर्घकालीन समस्या थोपरिन्छ । वर्षौंको गाँजा सेवनपछि मानिसमा डिप्रेसन पाँच गुणासम्म बढेको तथ्य अष्टे«लियामा गरिएको सर्वेक्षणमा खुलेको छ । किशोर उमेरका १६ सयजनामाथि गरिएको अध्ययनले डिप्रेसन बढेको तथ्य फेला परेको हो । त्यस्तै, परिवारमा कसैलाई साइकोसिस नामक मानसिक रोग लागेको छ भने गाँजा सेवन गर्नेलाई पनि सर्ने खतरा बढी हुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :