मुसुरोबालीमा मौसम प्रभाव

This post has already been read 118 times!

क्षेत्रफल बढेपनि उत्पादन घटयो

काठमाडौं, १५ फागुन । निर्यातयोग्य वस्तुको सूचीमा रहेको मुसुरोको उत्पादन क्षेत्रफल बढेपनि उत्पादनमा भने ह्रास आएको छ । मध्यपश्चिम क्षेत्रमा मुसुरोबाली भिœयाउने समयमा मौसममा आएको प्रतिकुलताका कारण क्षेत्रफल अनुसारको उत्पादन हुन नसकेको हो । Dalमध्यपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालयका अनुसार कूल उत्पादन क्षेत्रफल ६० हजार २ सय ९५ हेक्टरमा करीब ६० हजार मेट्रिकटन मुसुरो उत्पादन हुनुपर्ने हो । तर, अत्यधिक वर्षाका कारण उक्त क्षेत्रफलबाट ४५ हजार ३ सय १९ मेट्रिकटन मात्र मुसुरो उत्पादन भएको निर्देशनालयका कृषि प्रचार अधिकृत देवराज भुषालले जानकारी दिए ।

 

 
भुषालका अनुसार मुसुरो उत्पादन मुख्य पकेट क्षेत्र मानिएका बाँके र बर्दिया जिल्लामा क्षेत्रफलको अनुपातमा उत्पादन घटेको हो । उक्त जिल्लामा रहेको कूल उत्पादन क्षेत्र २९ हजार १४ हेक्टरमा सोही अनुपातमा उत्पादन हुनुपर्ने हो । तर, उक्त क्षेत्रफलमा १७ हजार १ सय ९ मेट्रिकटन मात्र उत्पादन भएको उनले बताए । २०६८/०६९ मा ५८ हजार ७ सय ४८ हेक्टर उत्पादन क्षेत्रफललाई बढाएर गत आवमा ६० हजार २ सय ९५ पु¥याइएको हो । सोही वर्ष ५३ हजार ४ सय ५८ मेट्रिकटन मुसुरो दाल उत्पादन भएको थियो । तर, गत आवमा उत्पादन क्षेत्रफल बढेपनि सो अनुपातमा उत्पादन नभएको निर्देशनालयले उपलब्ध गराएको तथ्याङमा उल्लेख छ ।

 
यता, सरकारले मुसुरो निर्यातका लागि मध्यपश्मिाञ्चालका दाङ, बाँके, बर्दिया, सुर्खेत र सल्यान जिल्लामा मुसुरो उत्पादन प्रवद्र्धन कार्यक्रम नै सञ्चालन गरी उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ । यसरी उत्पादन घटदै गएमा मुसुरो उत्पादन कार्यक्रम पनि सफल नहुने कृषि विज्ञहरूको भनाइ छ । त्यसैगरी, कृषि विकास मन्त्रालयले पनि मुसुरो उत्पादन वृद्धि गर्न कृषकलाई ७५ प्रतिशत अनुदानमा स्रोत बीउ समेत उपलब्ध गराउँदै आएको छ । मन्त्रालयका सचिव जयमुकुन्द खनालले मपका सबै जिल्लालाई व्यावसायिक मुसुरो उत्पादन क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउने जानकारी दिए । सरकारले मुसुरोलाई एकीकृत व्यापार रणनीति (एनटीआइएस) मा समाबेश गरी निर्यात समेत गर्दै आएको छ ।