दरबारमार्गमा एग्रो बजार

यो समाचार 213 पटक पढिएको

काठमाडौं, फागुन १५   । काठमाडौ दरमार्गस्थित मायालु सेन्टरमा अत्याधुनिक अर्गानिक एग्रो बजार सञ्चालन हुने भएको छ । स्वस्थ खाना, स्वास्थ जीवन भन्ने नाराका साथ व्यवस्थित अर्गानिक एग्रो बजार सञ्चालनमा आउन लागेको हो ।Vegetablenewsagrocom

 

अर्गानिक बजारमा स्वदेशी अर्गानिक वस्तु चिया, कफी, मह, फलफूल तरकारी, हर्वल सामग्री, खाद्यन्न, जुसलगायत १५ प्रकारका वस्तु रहने अर्गानिक एग्रो बजारका अध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए । अर्गानिक बजारमा नेपालमा उच्च पहाडी र हिमाली जिल्लाका उत्पादन पनि राखिने उनले बताए ।

 

 

यही मार्चमहिनादेखि औपचारिकरुपमा सञ्चालनमा आउने अर्गानिक मिनी मार्केट १५ लाख रुपैयाँभन्दा बढीको लगानी रहेको पनि उनले जानकारी दिए । स्वदेशी राजधानीवासीको व्यस्त जीवनलाई मध्यनजर गर्दै काठमाडौको मुटु दरवारमार्गमै अर्गानिक बजार सञ्चालनमा ल्याइएको र सर्वसुलभरुपमा दैनिक उपभोग्य वस्तु एकै छानामूनि उपलव्ध हुँदा राजधानीबासीको श्रम र समय दुबै बचत हुने सञ्चालकहरुले बताएका छन् । स्वदेशी अर्गानिक वस्तुको प्रवद्र्धन गर्नु पनि एग्रो बजारको उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

राजधानीका अधिकांस सपिड मलमा आयातित सामानको बाहुल्यता रहेकोमा मायालु सेन्टरले स्वदेशी अर्गानिक कृषि उत्पादनको प्रवद्र्धनका लागि स्थान उपलव्ध गराएर कृषि उत्पादनको बजारीकरणमा सहयोग पुरयाएको सञ्चालकहरुको भनाइ थियो । मायालु सेन्टरभित्र स्वदेशी तथा विदेशी सामानका दर्जनौ पसल रहेका छन् । क्रमिक रुपमा राजधानीका अन्य स्थान राजधानीवाहिर पनि अर्गानिक एग्रो बजारलाई विस्तार गर्दै जाने लक्ष्य रहेको सञ्चालकहरुले जानकारी दिए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :