लमजुङका किसानहरु तोरी खेतीतर्फ आकर्षित

यो समाचार 264 पटक पढिएको

लमजुङ,  १४ फागुन – पछिल्लो समय लमजुङका किसानहरु तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि बिकास कार्यलयका अनुसार अघिल्लो बर्षको तुलनामा यसवर्ष लमजुङमा १० प्रतिशत बढी क्षेत्रफलमा तोरी खेती गरिएको छ । 

Toribarinewsagrocomजिल्लाका बिभिन्न स्थानमा गरि करिब एकहजार २० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको जिल्ला कृषि बिकास कार्यलयका कृषि प्रसार अधिकृत सन्तोष चौधरीले जानकारी दिए । अघिल्लो बर्ष जिल्लामा जम्मा ९ सय २० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा यो बर्ष थप क्षेत्र बिस्तार गरिएको अधिकृत चौधरी बताउँछन । उनका अनुसार जिल्ला कृषि विकास कार्यलयले किसानहरुलाई अनुदान सहित तोरीको बिउ समेत बितरण गरेको छ । कार्यलयले हालसम्म ९० प्रतिशत बिउ बितरण गरिसकेको अधिकृत चौधरीले बताए ।
लमजुङको सुन्दरबजार, चक्रतिर्थ, धमिलीकुवा, भलायखर्क, भोर्लेटार, सोतिपसल लगायतका क्षेत्रमा तोरीखेती बिस्तार गरिएको छ । सो क्षेत्रमा विकास, प्रगति, लुम्ले १, सुर्खेत–२, चितवन स्थानिय जातका विउहरु वितरण गरिएको कार्यालयले जनाएको छ ।
लमजुङ जिल्लालाई तेलहन बालीमा आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले थप टेवा पुग्ने कृषि प्राविधिकहरुले बताएका छन् । तोरीको विज बृद्धि कार्यक्रमले सहायक बालीको रुपमा मौरी पालन ब्यवसायलाई पनि निकै प्रभाव पारेको किसानहरुले बताएका छन् ।
पछिल्लो समय तोरी खेतीतर्फ किसानहरु आकर्षित भएको पाइएपनि जिल्लामा ब्यबसायिक तोरी खेतीभने हुन सकेको छैन । तोरीको उत्पादनपछि तेल उत्पादनको लागि पर्याप्त उद्योग नहुनाले किसानहरुलाई समस्या भएको किसानहरुले जनाएका छन् । यो सँगै हरेक गाउँमा हुने तोरी पेल्ने कोल समेत हराएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :