सल्यानमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने

यो समाचार 262 पटक पढिएको

रुकुम, १४ फागुन । सल्यानमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । प्रशस्त मात्रामा अदुवा उत्पादन हुने यस जिल्लाका किसानले काँचो भन्दा प्रशोधित अवस्थाको अदुवा निर्यात गर्न सकेमा मनग्य आम्दानी गर्न सक्ने भएकाले प्रशोधन केन्द्र स्थापना गर्न लागीएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

GingerNews Agroसंगठित भएर अदुवा उत्पादनमा लागेका जिल्लाका १९ वटा अदुवा उत्पादक कृषक समूहहरु तथा जिल्ला कृषि विकास कार्यालय सल्यानको सक्रियता तथा नेपाल मसला बालि निर्देशनालयको ३२ लाख रुपैयाको आर्थिक सहयोगमा प्रशोधन केन्द्र स्थापना हुन लागेको कृषि कार्यालय सल्यानका प्रमुख चेत नारायण पाण्डेयले जानकारी दिए । सल्यानबाट बर्षेनी ५८ करोड भन्दा बढिको अदुवा निर्यात हुने गरेको र निर्यात मूल्य पनि उत्साहजनक रहेको उनको भनाइ छ । किसानहरुले बाली बिग्रने तथा बिभिन्न प्रकोपले गर्दा लगानी डुव्ने डरमा ठूलो खेती गर्न असमर्थ भइरहेको बेला सरकारले गत बर्षदेखि बाली बिमा शुरु गरेको पाण्डेयले जानकारी दिए ।

 

उनका अनुसार सरकारले बाली बिमा शुरु गरेको भएपनि आम किसानलाई यसको जानकारी नभएको भन्दै क्रमस सबैलाई जानकारी गराउदै लगिने छ । जिल्लामा गत बर्ष मात्रै २ हजार हेक्टर जमीनमा अदुवा खेती गरिएको र जसमा प्रति हेक्टर १२.३ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका बागबानी विकास अधिकृत रामप्रसाद गौतमले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :