पशुपालनमा एक अर्बको लगानी

यो समाचार 97 पटक पढिएको

नवलपरासी, १३ फागुन / नवलपरासी जिल्लामाव्यवसायिक पशुपालन फस्टाउदै गएकोछ । किसानहरु परम्परागत शैलि छाड्दै व्यवसायीक पशुपालन तर्फ लाग्न थालेपछि पशुपालन व्यवसाय फस्टाउदै गएको हो । त्यसरी व्यवसाय शुरु गर्नेमा यूवा किसान बढि छन् । व्यवसाय फस्टाउदै गएपछि  जिल्लामा  गाईभैसी   फर्ममामात्र  करिब एक अर्ब लगनी भएको जिल्ला पशु सेवा कार्यालयको दाबि छ ।

Buffalonewsaagrocom

युवा किसानहरुले फर्मनै दर्ता गरेर गाई भैसी पालन गर्न थालेकाछन् । जसले गर्दा पांच वर्ष अघि भारत वाट दुध आयात हुदै आएको जिल्ला अहिले दुधमा आत्म निर्भर वन्न पुगेको कार्यालयले जनाएकोछ । कार्यालयका अनुसार— जिल्लामै दुई सय गाई फर्महरु छन् । जसवाट डेढ लाख दुध उत्पाद हुदै आएकोछ ।

 

 

क्षेत्रिय पशु निर्देशनालय पोखराले समेत नवलपरासीलाई पशु पालनको राम्रो सम्भावना रहेको जिल्ला  भन्दै  किसानलाई प्रोत्साहित गर्दै आएकोले  पशुपालनमा लगानी बढेको पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले बताउनुभयो । पशुपालन गर्ने किसानमा विदेश वाट फर्केर आएका यूवाहरु बढि छन् । शाहका अनुसार—सिप सिकेर विदेश वाट फर्केका युवाहरु त्यसको राम्ररी प्रयोग गर्दै व्यवासयामा लागेकाछन् । कम्तीमा पनि एउटा फर्ममा १२ लाखको लगानी भएकोछ ।

 

 

अहिलेसम्म जिल्लामा कम्तीमा १० वटा माउ गाईभैसी र ब्यवस्थित गोठ भएको ति सय पशु फर्म दर्ताभएकोकार्यालयकोतथ्यांकमाछ । पशुपालनलाई प्रोत्साहन गर्न जिल्ला भरि ३० वटा पशु प्रजनन केन्द्र समेत स्थापना भएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएकोछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :