सोचेर खाऔं, अरुका लागि बचाऔं

यो समाचार 172 पटक पढिएको

मैना धिताल

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन ९एफएओ० को पछिल्लो तथ्यांकले विश्वको कुल खाद्यान्न उत्पादनको एक तिहाइ अर्थात १ अर्ब ३० करोड टन हरेक वर्ष खेर जाने गरेको अनुमान गरेको छ । जबकि विश्वमा सात जनामध्ये हरेक एकजना मानिस पेटभरि खान नपाएर भोकै सुत्नुपर्ने अवस्था छ ।
विकासोन्मुख मुलुकको तुलनामा औद्योगिक राष्ट्रहरू यस्तो खाद्यान्न खेर फाल्नेमा अगाडि छन् । युरोप र उत्तर अमेरिकामा प्रतिव्यक्ति ९५ देखि १ सय १५ केजी प्रतिवर्ष खानेकुरा खेर फाल्ने गरेको तथ्यांक छ । यो संख्या सबसाहरन अप्रिmका र दक्षिण तथा दक्षिण(पूर्वी एसियामा ६ देखि ११ केजी प्रतिवर्ष रहेको छ ।


यसरी खानेकुरा ठूलो मात्रामा खेर फाल्दा यसको वातावरणीय र आर्थिक रूपमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । ुफुड वेस्टेज फुटप्रिन्ट ः इ

Maina

म्प्याक्ट अन नेचरल रिसोर्सु अध्ययन प्रतिवेदनले पहिलोपटक वातावरणीय दृष्टिबाट खानेकुरा सम्बद्ध फोहोरको असरलाई जलवायु, पानी, जमिनको प्रयोग र जैविक विविधतासँग जोडेको छ । विश्वभरिको खाद्य पदार्थबाट सिर्जित फोहोरको हरितगृह ग्यास उत्सर्जनमा हिस्सा हेर्ने हो भने चीन र अमेरिकाबाहेक अन्य कुनै पनि देशमा हुने उत्सर्जनभन्दा बढी हुन आउँछ ।

त्यसैलाई मध्यनजर गरी यसपालीको विश्व वातावरण दिवसमा ुसोच, खाउ र बचाउु भन्ने नारा लिएर खाना खेर नफाल्ने सन्देश दिन खोजिएको छ । बर्सेनि १ अर्ब ३ टन खानेकुरा खेर जाँदा त्यसबाट साढे ७ सय अर्ब डलर आर्थिक क्षति हुने आँकलन प्रतिवेदनमा गरिएको छ । त्यस बाहेक वातावरणीय रूपमा पनि त्यसले ठूलो रूपमा असर हुने गरेको छ । हरेक वर्ष उत्पादन भए नखाइएको खाना थुपार्ने हो भने त्यसको परिमाण रूसको भोल्गा नदीको वाषिर्क प्रवाहजति हुने अनुसन्धानकर्ताहरूले जनाएका छन् । नखाइएको यस्तो खानेकुराको फोहोर उत्पादनले वातावरणमा ३ दसमलव ३ अर्ब टन हरित ग्यास थप्ने गरेको छ । विश्वमा ८७ करोड मानिस दैनिक भोको रहने गरेको दाबी एफएओको छ ।
खाद्यान्नमध्ये भात खेर फाल्ने समस्या एसियामा ठूलो छ, जसले कार्बन उत्सर्जनमा निकै असर पार्ने प्रतिवेदनले औंल्याएको छ । विकासोन्मुख मुलुकमा ४० प्रतिशतभन्दा बढी क्षति खाद्यान्न बाली भित्र्याएपछि र प्रशोधनका बेला हुने गरेको छ । तर औद्योगिक मुलुकमा भने यस्तो नोक्सानी खुद्रा र उपभोक्ताको तहमा हुने गरेको छ । न्युन आय भएका मुलुकमा फसल भित्र्याउन आवश्यक प्रविधि, भण्डारण र विभिन्न मौसमी अवस्थामा चिस्यान सुविधा, पूर्वाधार, प्याकेजिङ र बजारीकरण व्यवस्था लगायतका समस्याले खानेकुराको नोक्सानी हुने गरेको छ ।

डेक्कन हेराल्डका अनुसार, छिमेकी भारतमा पनि ४ खर्ब ४० अर्ब भारु बराबरको खानेकुरा फोहोरको रूपमा परिणत हुने गरेको छ । त्यसो हुनुमा मुख्यतः पर्याप्त भण्डारण पूर्वाधारको अभाव हो । खेर जाने तरकारी र फलफूलमात्रै करिब १ खर्ब ३३ अर्ब भारु रहेको छ । त्यस बाहेक चामल, गहँु, मासु लगायत अन्य खाद्यपदार्थ पनि समयमा र सही रूपमा उपभोग गर्न नसक्दा खेर जाने गरेका छन् । भारतमा हरेक वर्ष करिब २५ करोड टन अन्न उत्पादन हुन्छ भने यसको उपभोग २२ देखि साढे २२ करोड टनसम्म छ । उच्च उत्पादन भएर पनि भारतले अन्नको सही उपयोग गर्न नसक्दा दैनिक २५ करोड मानिस खाद्य असुरक्षाबाट गुज्रिनुपरेको छ । अर्कोतिर भारतमा ४८ प्रतिशत पाँच वर्ष मुनिका बालबालिका उमेरअनुसार बढ्नसकेका छैनन् भने आधाभन्दा बढी बच्चाहरू कुपोषणको समस्याबाट ग्रस्त छन् । जनचेतना अभिवृद्धि, सहकार्य, नीति, रणनीति र कार्यक्रमको विकास र कार्यक्रम र परियोजना लगानीमा सहयोगमार्फत विश्वमा खेर जाने खाद्यान्नको मात्रा घटाउन पहल थालिए पनि त्यो प्रभावकारी हुनसकेको छैन ।
नेपालमा पनि समस्या नेपालमा पनि खाना फाल्ने चलन सामान्य भइसकेको छ । रेष्टुरेन्टमा जाँदा होस् वा पार्टी तथा घरपरिवारको जमघटमा, चाहिनेभन्दा बढी खाना लिने र फाल्ने प्रवृत्ति बढ्दो छ । अझ पार्टीहरूमा हेर्ने हो भने खाना थपेर खाँदा लाज हुने भन्दै थालभरि अटाइ(नअटाइ हाल्ने र अलिकति खाएर फालिदिने प्रवृत्ति सहरी र पढेलेखेका मानिसहरूमा समेत देखिन्छ । खेतबारीबाट उब्जाइएको अन्न, तरकारी र माछामासु पनि उत्तिकै मात्रामा खेर जाने गरेका छन् ।

दुर्गम क्षेत्रमा भोकमरीले गरिब जनता पीडित भएका बेला मुलुकका सहरी भान्छाबाट भने वाषिर्क ५ लाख १२ टन खानेकुरा खेर जाने गरेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सलिड वेस्ट म्यानेजमेन्ट टेक्निकल सपोर्ट सेन्टरले एसियाली विकास बैंकको सहयोगमा गरेको अध्ययनले ५८ नगरपालिकाले १ हजार ४ सय ३९ टन खानेकुराको फोहोर उत्पादन गर्ने गरेको देखाएको छ । तर एक व्यक्तिलाई चामल, दाल, मासु, दूध र अन्य परिकार गरी दैनिक औसत एककिलो खाना आवश्यक पर्ने अनुमान छ । अध्ययनले सहरी क्षेत्रमा निस्कने त्यस्तो फोहोर अर्गानिक रहेको र गाउँमा अन्य गैरअर्गानिक वस्तु पनि मिसिने गरेको उल्लेख गरेको छ । राजधानी र अन्य सहरी क्षेत्रमा ठूलो मात्रामा खाना खेर फाल्ने गरेको पाइन्छ । तर मुलुकको विभिन्न कुनामा बस्ने मानिसहरू भने पर्याप्त खाना नपाइरहेको अवस्था छ । न्युन आय, खाद्यान्नको बढ्दो मूल्य र खानेकुरामा अनुदान नपाउँदा खासगरी पहाड र हिमाली क्षेत्रका मानिसहरू समस्या भोगिरहेका छन् ।
कृषि मन्त्रालयका अनुसार, कतिपय कृषि उत्पादन भित्र्याउने बेलामा पनि धेरै खेर जान्छन् । तरकारीमध्ये ४१ प्रतिशत गोलभेडा, ३१ प्रतिशत काउली र १५ प्रतिशत बन्दाकोभी भित्र्याएपछि पनि खेर जाने गरेका छन् । चालु आवमा खाद्यान्न अपुग हुने जिल्लाको संख्या ३३ पुगेको छ । यो वर्ष ८७ लाख टन धान उत्पादन भएकोमा अझै ८ लाख टन धान अपुग भएको तथ्यांक छ ।
खाद्य आचारण र संस्कृतिले पनि यसलाई बढावा दिएको छ । रेष्टुरेन्टमा खाँदा बाँकी रहेको खाना पोको पारेर घर लैजान लाज मान्ने प्रवृत्ति छ । यस्तै चिस्यान र भण्डारण केन्द्रको अभाव, बजारबाट सडकको दूरी टाढा र बिजुली अभावजस्ता समस्याले पनि खानेकुरा खेर फाल्नुपर्ने बाध्यता छ । पाकेको बाली भित्र्याउने बेला प्रयोग हुने प्रविधि, मौजदात र चिस्यान सुविधा बढाउनसके पनि धेरै हदसम्म यस्तो खानेकुरा खेर जानबाट रोक्न सकिन्छ । खानाको विस्तार र प्रशोधित तथा प्याकेजिङ उद्योगको स्थापनाले पनि त्यसलाई सहयोग पुर्‍याउँछ ।
बिक्री नभएको र खानयोग्य खानेकुरालाई सहयोगस्वरुप वितरण गर्ने, बिक्री गर्न गुणस्तर वा अन्य हिसाबले पूर्ण नभएका खानेकुरालाई मूल्य घटाएर बेच्नसके यसमा हदसम्म कमी ल्याउन सकिन्छ । नीति निर्माताहरूले खेर जाने खाद्यपदार्थ न्युनीकरणको लक्ष्य तयार गरी रणनीतिक रूपमा काम गर्नसके यो समस्यामा कमी आउनेछ ।
कान्तिपुरबाट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :