सकियो कृषि यान्त्रिकरण महोत्सव

यो समाचार 185 पटक पढिएको

 मेलामा ५ करोड बढीको कारोबार

चितवन, फागुन १२ ।  चितवनको नारायणगढमा आयोजीत राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी सोमवार सकिएको छ । मेलामा ५ करोड भन्दा बढीको आर्थिक कारोबार भएको छ भने ५० हजार भन्दा बढीले मेला अवलोकन गरेका छन् ।

aaaaaNewsagrocomकिसानहरुको उत्साहजनक सहभागिता रहेको मेलाको समापन समारोहलाई सम्वोधन गर्दै संविधानसभाका सदस्य शेषनाथ अधिकारीले कृषिको आधुनिकिकरण विना नेपालमा आर्थिक विकास संभव नभएको बताए । उनले यन्त्रीकरण प्रदर्शनीले कृषकहरुलाई खेती गर्न उत्साहित बनाएको उल्लेख गरे ।

 
विभिन्न जिल्लाबाट भ्रमणमा आएको कृषक समुह तथा सहकारीहरुले करोडौंका आधुनिक कृषियन्त्र र उपकरणहरु बुक गरेको कृषि ईन्जिनियरिङ महाशाखाका प्रमुख श्रीमत श्रेष्ठले जानकारी दिए । नेपालका ७५ वटै जिल्लाबाट समुहगत रुपमा आएका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको उनले बताए । समापन समारोहमा महाशाखाका प्रमुख श्रेष्ठले पहिलो पटक आयोजना गरिएको मेला अत्यन्तै सफल भएको भन्दै आगामी दिनमा पनि आयोजना गर्ने बताए ।

 
कृषि ईन्जिनियरिङ्ग निर्देशनालयका निमित्त कार्यकारी निर्देशक मधुसुदनसिंह बस्नेतले प्रदर्शनीमा १६ देशका करिव ५ सय कृषि उपकरण तथा प्रविधि प्रदर्शन गरिएको बताए । उनले विगत ४ बर्षदखिको निरन्तरको प्रयास सफल भएकोमा खुसी व्यक्ति गरे ।

 
कृषि विभागको कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् कृषि इन्जिनियरिङ महाशाखा र उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्दको संयुक्त आयोजनामा प्रदर्शनी गरिएको हो ।

 
प्रदर्शनीमा दैनिक कृषक र कृषि यन्त्रका व्यवसायी विच अन्तरक्रिया भएको आयोजकले जनाएका छन् । उद्योग वाणिजय संघ चितवनका अध्यक्ष कल्याण जोशीको अध्यक्षतामा भएको समापन समारोहमा प्रदर्शक दुर्गा सापकोटा र कृषि यन्त्रीकरण एसोसिएसनका अध्यक्ष महेन्द्र कँडेलले कृषि यन्त्रीकरण प्रदर्शनी महत्वपूर्ण भएको बताएका थिए । उनीहरुले कृषि विकासका लागि यन्त्रीकरणमा जोड दिएका थिए । सो अवरमा उत्कृष्ट स्टललाई तथा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमका विजेताहरुलाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो । स्टल मध्ये श्री गणेश कृषि मेसिनरी चितवन प्रथम भएको छ । यस्तै कृषि संसार नेपाल झापा दोस्रो र दाहाल ट्रेडिङ कन्सर्न काठमाडौ तेस्रो हुन सफल भएको छ ।

 

 

कृषिमा आधुनिक यन्त्रको प्रयोग गरी खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्यले यही फागुन ९ गतेदेखि चितवनको नारायणी नदी किनारमा पहिलो राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी आयोजना गरिएको हो ।

 

कृषियन्त्रीकरण व्यवसायी संगठीत
कृषिमा यन्त्रीकरणको प्रयोग गरी व्यवसाय विकासका लागि आज प्रदर्शनी स्थलमै भएको एक भेलाले नेपाल कृषि यन्त्रीकरण एसोसिएसन गठन गरेको छ । देशैभरका कृषक , कृषि यन्त्रसँग सम्वन्धीत व्यवसायी र उत्पादक विचको एक भेलाले एसोसिएसन गठन गरेको हो ।
यन्त्रीकरण प्रयोगमा देखिएका समस्याको पहिचान गरी समाधानका उपायको खोजी गर्ने उद्देश्यले एसोसिएसन गठन गरिएको हो ।

 

 

कृषि ईन्जिनियरिङ महाशाखाको पहलमा काठमाडौका व्यवसायी महेन्द्र कँडेलको अध्यक्षतामा पछि एक सदस्य थप्ने गर्ने गरी ११ सदस्यीय केन्द्रिय समिति गठन गरिएको महाशाखाका प्रमुख श्रीमत श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रविधि प्रयोग गर्दा हुने मानविय क्षती न्युनिकरण गर्ने र कृषिमा यन्त्रीकरणको प्रयोग गरी उत्पादन बृद्धि गर्ने एसोसिएसनको अर्काे उद्देश्य रहेको छ । जसको उपाध्यक्षमा नरेन्द्रसिंह भण्डारीलाई चयन गरिएको छ ।

 

एसोसिएसनको सदस्यहरुमा काठमाडौका दुर्गा दाहाल ,भक्तपुरका कृष्ण शर्मा , पाल्पाका दुर्गानाथ पाण्डे , चितवनका विपिन पौडेल , नवलपरासीका दुर्गालाल सापकोटा , काठमाडौंका किरण श्रेष्ठ , चितवनका जीवन सरावगी र झापाका प्रकाशचन्द्र खतिवडालाई चयन गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :