चिराइतो चिनेपछि व्यवसायिक बन्ने तरखरमा कृषक

This post has already been read 244 times!

  • जीवन शर्मा

ओखलढुंगा, १२  फागुन / चिराइतोको महत्व बुझेपछि ओखलढुंगाका कृषकहरु यसको व्यवसायिक खेती गर्ने तरखरमा जुटेका छन् । चिराइतो खेती व्यवस्थापन सम्बन्धि तालिम पाएपछि जन्तरखानी,विगुटार,पोकली र छिमेकी गाविसका ६८ जना किसानहरुले चिराइतोको व्यवसायिक खेती गर्ने तरखरमा जुटेका हुन् । चिराइतो खेती व्यवस्थापन सम्बन्धि तालिमपछि यसको उपयोगिता पत्ता लगाएको बताएको उनिहरु बताँउछन् ।
ChiraitoNewsagrocomचिराइतो नेपालको जडिबुटी मध्यको एक सर्वश्रेष्ठ औषधि हो भनेर बुझ्ने र यसको उपयोगिता चारदिने चिराइतो खेती व्यवस्थापन सम्बन्धि तालिमबाट मिलेको तालिममा सहभागि कृषक कुलबहादुर मगरले बताए । तालिम बाट चिराइतो खेती गर्ने तरिका र यसको व्यवस्थापनमा समेत जानकारी भएकाले व्यवसायिक खेती गर्ने सोचमा रहेको उनको भनाइ छ । त्यस्तै चिराइतो चिनेपछि आफै खे ितगर्ने सुर कसेकी जन्तरखानी २ की कृषक कल्पना मगरले भनिन, ‘हामीले त माल नचिनेर चाल नपाएका पो रहेछौं ।’ अव आफै चिराइतोको खेती गर्ने सोचमा रहेकी छु ।’ कुलबहादुर र कल्पना जस्तै जन्तरखानी,विगुटार र पोकली गाविसका ६८ जना कृषकहरुले चिराइतो खेतीको व्यवस्थापनका विषयमा तालिम लिएपछि आफै व्यवसायिक खेती गर्ने प्रतिज्ञा गरेका छन् ।

 

 
उध्योग बाणिज्यसंघ ओखलढुंगाको सहकार्यमा बहुसरोकावाला जन परियोजना(इकार्डस नेपाल) र सामुदायिक वन उपभोक्ता महाँसंघले आयोजना गरेको चारदिने तालिममा सहभागि ६८ घरका कृषकहरुले वेर्ना वनाएर रोप्ने र विउँ छर्नेगरी तीन सय वीस रोपनी जग्गामा व्यवसायिक खेती गर्ने बताएका हुन् । व्यवसायिक चिराइतो खेतीको सुरु गर्न लागेका ती कृषकहरुलाइ सामुदायिक वन जिल्ला महासंघ, बहुसरोकारवाला वन परियोजना र उद्योग बाणिज्यसंघ ओखलढुंगाले आर्थिक, प्राविधिक र वजारीकरणमा सहयोग गर्ने बताएका छन् । समुन्द्री सतहदेखि १ हजार पाँच सय देखि ३ हजाल मिटर उचाइमा पाइने गैरकाष्ठ वनपैदावारका रुपले चिनीने चिराइतो ओखलढुंगा जिल्लाको जन्तरखानी, पात्ले, रगनी, पोकली, यसम, खिजिफलाटे, खिजिकाती, श्रीचौर लगाएत १५ वटा गाविसमा पाइने जिल्ला वन कार्यालयको तथ्यांकले देखाएको छ ।

 

 

जिल्लामा आयस्रोतको गतिलो माध्यामाकारुपमा लिन सकिने चिराइतोको कारोवार पछिल्लो समयमा घट्दै गएकाले यसको बृद्धि विकासका लागि व्यवसायिक सम्भावना भएका गाविसका कृषकहरुले खेती गर्नुपर्ने र त्यस्ता कृषकलाइ आवश्यक सहयोग सबै क्षेत्रबाट गरिनुपर्ने सामुदायिक वन जिल्ला महासंघकी कोषाध्यक्ष मैया राइले बताइन् । त्यस्तै उद्योग बाण्ज्यिमहासंघको एक गाउँ एक उत्पादन अन्तरगत जिल्लामा चिराइतोखेतीलाइ नै अघि सारेको उद्योगबाणिज्यसंघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

 

 

व्यवसायिक चिराइतो खेतीबाट कृषकका साथै सिंगो जिल्लाको आयस्रोतमा समेत बृद्धि हुने भएकाले यसलाइ महत्वका साथ हेरिएको र त्यसैअनुरुप कृषकहरुलाइ तालिमको व्यवस्था गरिएको मास्केको भनाइ छ । चिराइतोको उपयोगिता बुझेर यसलाइ संरक्षण,संवद्र्धन र व्यवसायिक बनाएर जानहो भने ओखलढुंगा जिल्ला चिराइतोको नमुना जिल्ला बन्ने सम्भावना देखेको चार दिने चिराइतो खेती व्यवस्थापन तालिमाका प्रशिक्षक एवं कृर्षि अनुसन्धान परिषदका बाह्य अनुसन्धान महाशाखा प्रमुख डा टंक बराकोटीले बताए । ओखलढुंगा जिल्लाका १५ गाविसमा रहेको ४ सय ५० हेक्टर क्षेत्रफल जमिनमा चिराइतोको खेति गर्न सकिने बताइएको छ ।

 

 
चिराइतोको उपयोगिता बारे जानकारी नभएपछि स्थानीयहरुले चिराइतो लाइ वास्ता नगरेको भएपनि चिराइतोलाइ व्यवसायिक खेती गरी कसरी स्थानीयस्तरमै फाइदा लिन सकिन्छ भनेर लाग्नुपर्ने समय आएको जिल्ला वन कार्यालय ओखलढुंगाका वन अधिकृत सम्पैत यादवले बताए । अहिले पनि जन्तरखानीका २० घर भन्दा बढीले जंगलमा उम्रिएको चिराइतो टिपेर प्रतिकीलो रु २ सय पचाँस देखी ३ सयमा बेचेर आफ्नो घर व्यवहार चलाएको पाइएको जन्तरखानी गाविसका प्रविधिक सहायक युद्धबहादुर मगरले जानकारी दिए ।

 

 

व्यवसायिक खेती नगरीएपनि हाल ओखलढुंगाका १०–१२ गाविसबाट बर्षमा ५० मेट्रीकटन सम्म चिराइतो बाहिर खपत हुने पोकली ८ का चिराइतो व्यवसायि छोङकर्म शेर्पाले बताए । गाउँमा ४ सय रुपौयाँ किलो सम्म लाने र काठमाण्डौमा ६ सय ५० सम्ममा बेच्न सकिने शेर्पाको भनाइ छ । चिराइतो व्यवसायबाट बार्षीक १ लाख ५० हजार सम्म फाइदा हुने शेर्पाले बताए ।