पैसा छाप्ने कागजमा भविष्य खोज्दै किशोरी

यो समाचार 507 पटक पढिएको

  • शब्द तथा तस्विर  : सुरजकुमार भुजेल

मकवानपुर, ११ फागुन पैसा कमाउनकै लागि युवाहरु विदेशिने दर दिनदिनै बढिरहेको बेला मकवानपुर दामनका युवाहरु भने पैसा छाप्ने कागज बनाउने अभियानमा लागेकाछन् ।

bNewagrocomदामन गाविस वडा नम्बर १ का किशोरीहरु आफ्नै सामुदायिक वनमा पाइने कागती जातको वनस्पतिबाट नेपाली कागज बनाउने अभियानमा लागेका हुन् । कागती, स्थानीय वनमा पाइने एक प्रकारको रेसादार वनस्पति हो । नेपालमा सरकारले नागरिकता समेत छाप्न छाडेको नेपाली कागजमा जापानी मुद्रा (येन) नेपालमै उत्पादित नेपाली कागजमा छाप्ने गरेको छ ।

 

यसले नेपाली कागज भनेर चिनिने रेसाजन्य बनस्पतिको बोक्राबाट बनाइने कागज विदेशमा माग बढ्दो छ भन्ने प्रष्ट्याउँछ । नेपालमा उत्पादित नेपाली कागज गुणस्तरीय भएकाले जापानले नोट छाप्ने कागज बनाउन प्रयोग गर्ने गरेका हुन ।  यस्तै जापानी येन छापिने नेपाली कागज बनाउन दामन गाविस वडा नम्बर १ की तारा केसी विहानको खाना सकेपछि सामुदायिक वनको भवनमा पुग्छिन् । सीपसिके आम्दानीको बाटो खुल्ने सोचकासाथ यसतर्फ लागेको केसीले बताइन् ।

 

स्थानीय कालिबञ्जार सामुदायिक वनको व्यवस्थापनमा दामन दम्कीमा भइरहेको नेपाली कागज उत्पादन कार्यमा केसी जस्तै शान्ति तामाङ पनि लागि परेकी छिन् । पढाइसंगै सीपपनि भए स्वरोजगार भइने शान्ति बताउँछिन् । दामनकै वसन्ती स्याङतान पनि नेपाली कागज उत्पादनमा सहभागी हुँदै आएकी छिन् ।cNewsagrocom

 

वैदेशिक रोजगारमा जानुभन्दा आफ्नै देशमा पौरख गर्नु ठूलो कुरा भएको वसन्तीको ठहर छ । काम सानोठूलो भन्दा पनि उद्यमसंग सम्बन्धित भएकाले आफूहरु सन्तुष्टका साथ काम गरिरहेको सलिना उपाध्यायले बताइन् । उद्यमशिलता हुन सिकाउने उदारहण आफूहरु पनि भएको उनले बताइन् । मकवानपुर हस्तकला संघको आयोजनामा भएको नेपाली कागज उत्पादन कार्यमा नेपाल हस्तकला महासंघ थापाथली काठमाण्डौ, नेपाल व्यापार तथा प्रवद्र्धन केन्द्र ललितपुर, जिल्ला विकास समिति मकवानपुर लगायतका निकायले सहयोग गरिरहेकाछन् ।

 

विनासीप गाउँमा बसिरहेका किशोरीहरुलाई सीप सिक्ने अवसर दिएकोमा आयोजक संस्थालाई सगुन लामाले धन्यवाद दिइन् । लेखपढ् भन्दा पनि सीपलाई ठुलो मान्ने रोजिना बलामीले आफुहरु व्यवशायिक रुपमै कागज उद्योग संचालन गर्ने क्षमता राख्न सक्षम भएको बताउँछिन् । नेपाली कागज उत्पादनमा क्रियाशील शान्ति मोक्तान, दिपिका खत्री सहितका बीस जना किशोरी आवद्ध छन् ।

 
कालिबञ्जार सामुदायिक वनका उपाध्यक्ष समेत रहेका कमलकुमार केसी नेपाली कागज उत्पादन कार्यमा लागि परेका छन् । वनमा जत्ति भनेनी पाइने कागतीबाट नेपाली कागज उत्पादन गरेर वन र आफ्नो ठाउँलाई चिनाउने उपाध्यक्ष केसीले बताए । पहिले–पहिले डाले घाँसको रुपमा काटेर लोपोन्मुख भइसकेको कागती जोगाएर आफूहरुले राम्रो काम गरेको केसीले सम्झे ।

 

 

aNewsagrocom

उपभोक्ता समूहले अहिले दुईजना वन हेरालु नै राखेर कालिबञ्जार सामुदायिक वनको संरक्षण गरिरहेको छ । सो सामुदायिक वनले छ वर्षअघिबाट कागती काट्न बन्देज लगाएको थियो । ‘ताउ र ढेप भनेर किन्थ्यौ त्यो आफ्नै वनको कच्चा पदार्थबाट बन्दो रहेछ’ दामन १ नम्बर वडाका गुप्तबहादुर कार्कीले भने । नेपाली कागज १ थानलाई स्थानीय बोलीचालीको भाषामा एक ताउ र १० थानलाई एक ढेप भनिन्छ ।

 
नेपाली कागज किराले नखाने र टिक्ने भएकाले लामो समय अभिलेख राख्नुपर्ने लिखतका लागि धेरै समय अघिदेखि प्रयोग गरि“दै आएको छ ।

 

अदालती लेखापढी, सहकारी कार्यालयका तमसुक र केही सरकारी कार्यालयमा भने नेपाली कागज प्रयोग गर्ने चलन कायमै छ । लोक्ता वनस्पति (कागती) उच्च पहाडी भेगमा पाइन्छ । नेपाली कागज बनाउनको लागि वनमा गएर कागतीको बोट काटी त्यसबाट बोक्रा झिकेर घाममा सुकाइन्छ । सुकेको बोक्रालाई कास्टिक सोडा हालेर पकाइन्छ । पाकेपछि लोक्ताको बाहिरी बोक्रा झिेकर केलाइन्छ । त्यसपछि बिटर मेशिनमा १० मिनेट राखेपछि बनेको लेदोलाई भ्याटमा राखेर नुरी नामक केमिकल घोलेपछि फ्रेममा राखिन्छ । चौडाइ २० र लम्बाइ ३० इन्च भएको फ्रेममा राखेर सुकाएपछि कागज तयार हुन्छ ।

 

दामन दम्कीमा अहिले दैनिक डेढसय ताउ कागज उत्पादन हुँदै आएको छ । ५० वटा मात्र फ्रेम भएकोले उत्पादन कमी भएको सामुदायिक वनले जनाएको छ । फ्रेम थपेर उत्पादन दर बढाउने योजना रहेको सामुदायिक वनले जनाएको छ । दम्कीमा पाँच, दश, पन्ध्र र बीस ग्रामका नेपाली कागज उत्पादन भइरहेको छ ।

 
नेपाली कागज उत्पादनमा लाग्ने कच्चा पदार्थ, जनशक्ति र आवश्यक सामग्री स्वदेशी हुन् । नेपाली कागज लेखनका अतिरिक्त विविध सामग्री उत्पादनमा पनि प्रयोग गर्छन । नेपाली कागजबाट नोटबुक, डायरी, फोटोफ्रेम, खाम, एल्बम, ल्याम्पसेड, फोल्डर बक्स लगायत सामग्री बन्छ । नेपाली कागजका सामग्री अधिकांश विदेशीले प्रयोग गर्छन् । पछिल्लो समय होटल, रेस्टुरेन्टले नेपाली कागजबाट बनेका फोल्डर बक्स, ल्याम्पसेड प्रयोग गर्ने क्रम बढेको छ ।

 

 

dNewsagrocom

मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेसन, राजीनामा फर्म, अदालती लिखत, कार्यालयमा उठाइने टिप्पणी, हाजिरी रजिस्टर लगायतमा नेपाली कागजको प्रयोग गरि“दै आएको हाते कागजका उपहार सामाग्री, भिजिटिङ कार्ड, विवाहको कार्ड, चिनाटिप्पन, तमसुकमा समेतमा नेपाली कागज प्रयोग हुँदै आएको छ ।

 
नेपालमा उत्पादित कागज अमेरिका, क्यानाडा, जर्मनी, जापान तथा युरोपेली मुलुकमा जान्छ । नेपाल हाते कागज संघको तथ्यांकमा नेपाली कागजजन्य सामग्री निर्यात वर्षेनी १४ देखि २० प्रतिशतले बढ्दो छ । यसका लागि लोक्ता संरक्षण र गुणस्तरीय, वस्तु उत्पादन गर्नुपर्ने सरोकारवालाको भनाइ छ । सामान्यतः लोक्ता रोपेको ५ वर्Èपछि उत्पादन लिन योग्य हुन्छ ।

 

निर्यातमूलक १९ मुख्य उत्पादनमध्ये ५ औंमा पर्ने नेपाली कागज उद्योगलाई संरÔण गर्न सरकारले सहयोग नगरेको सम्बद्ध विज्ञहरुको गुनासो छ । उत्पादकहरुको माग अनुसार तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाली कागजमा नागरिकताको प्रमाणपत्र छाप्ने भनी गरेको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :