दाङमा अस्ट्रिचको व्यावसायिकपालन सुरु

यो समाचार 181 पटक पढिएको

दाङ,  दाङको बिजौरीमा पहिलोपटक लोपउन्मुख पक्षी अस्ट्रिचको व्यावसायिकरूपमा पालन सुरु गरिएको छ । बिजौरीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको ८० बिघा क्षेत्रफल जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रूपमा अस्ट्रिच पालन सुरु गरेको हो । अहिलेसम्म १७१ वटा अस्ट्रिच ल्याइसकेको उक्त प्रालिका प्राविधिक मानबहादुर दर्लामीले जानकारी दिनुभयो ।
प्रालिले रुपन्देहीमा व्यावसायिक रूपमा उक्त पक्षीपालन गदै आएको र यसको मासु विश्वका धेरै देशबाट माग भइरहेको हुदा यसको वि

Ostrich

स्तारका लागि यहाँ पनि व्यावसायिक रूपमा पालन सुरु गरेको जनाएको छ । यस स्थानमा ७ सय अस्ट्रिचपालन गर्ने तयारीका साथ हालसम्म रु चार करोड लगानी गरेर काम भइरहेको दर्लानीले बताउनुभयो । उहाँले दाङमा मासु, छाला, प्वाक, हड्डी भन्दा पनि अण्डा उत्पादन गर्ने र रुपन्देहीमा लगेर बच्चा उत्पादन गर्ने प्रालिको सोच रहेको बताउनुभयो । एउटा अस्ट्रिचको तौल करिब २ सय ५० केजीसम्म हुने र प्रतिकिलो दुई हजारमा बिक्री हुने जनाइएको छ । हालसम्म प्रालिले यसको व्यावसायिक रूपमा पालन गर्नेका लागि चार करोड लगानी गरी सकेको जनाएको छ ।

त्यसैगरी सो पक्षी ८० वर्षसम्मा बाँच्ने र उसको अण्डा, छाला, प्वाँकसमेत महँगोमा बिक्री हुने गरेको प्रालिले जनाएको छ । यसैबीच नयाँ जातको पक्षी जिल्लामा भित्रिएपछि दैनिक हेर्ने सर्वसाधारणको भिड लाग्ने गरेको छ । सर्वसाधारण

रचनात्मक प्रतिक्रिया दिनुहोस् :