प्रतिष्पर्धात्मक साँस्कृतिक कार्यक्रम र यान्त्रीकरण गोष्ठी

This post has already been read 179 times!

चितवन,  १० फागुन । कृषिमा यान्त्रीकरण गरी खाद्य सुरक्षामा टेवा पुर्याउने उद्धेश्यले चितवनको नारायणी नदी किनारमा जारी प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा किसानहरुको सहभागीता बढ्दै गएको छ ।

Machinarynewsagrocom2कैलाली, भरतपुर, वर्दिया, मोरड, रुपन्देही, धादिड, वारा, मकवानपुर, नवलपरासी, भक्तपुर, वाँके, कास्की, काठमाडौं, ललितपुर, पाल्पा र चितवनलगायत विभिन्न ग्रामीण क्षेत्रबाट उत्साहजनक सहभागिता रहेको थियो । विभिन्न जिल्लाबाट किसानहरु प्रदर्शनी अवलोकनका लागि समुहगतरुपमा आएका हुन् । उनीहरुले यन्त्रहीकरणले उत्पादन बृद्धि गर्नमा सहयोग गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

 
प्रदर्शनीअनतरगत शनिबार कृषकहरुबीच यन्त्रीकरणसम्वन्धी सास्कृतिक प्रतियोगिता आयोजना गरिएको छ । जसमा चितवन शुक्रनगरस्थित मातृभूमि महिला कृषि सहकारी संस्था प्रथम, नवलपरासी गैडाकोटस्थित गैडाकोट वचत तथा ऋण सहकारी संस्था दोस्रो, चितवनकै सारदानगर सयपत्री आइपीएम कृषक समूह तेस्रो र सान्तोना पुरस्कार जिल्ला कृषि कार्यालय ललितपुरले प्राप्त गरेको छ दुई दर्जन बढी कृषक समुहले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका थिए । पुरस्कार क्रमशः ७,५,३ हजार र सान्तोना पुरस्कारस्वरुप १५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

 

यस्तै अहिले प्रदर्शनीस्थलमा कृषि यन्त्रकिरणसम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कृषियन्त्र सम्बन्धी विज्ञहरुले कृषकका जिज्ञासाको सम्बोधन गरेका थिए । उनीहरुवीच कृषि यन्त्र,यसको विकास र उत्पादनका विषयमा छलफल भएको थियो । कृषकहरुले कृषि यान्त्रिकरणका लागि स्पष्ट अनुदान नीति नआएको भन्दै छिटो नीतिको व्यवस्था गर्न माग गरेका थिए ।

 

 

Machinarynewsagrocom

शुक्रबारदेखि शुरु प्रदर्शनीमा १६ देशका करिव ५ सय कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा छ । कृषि विभागको कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्,(नार्क) अन्तर्गतकको कृषि इन्जिनियरिड महाशाखा, कृषि उद्यम केन्द्र आयोजक रहेको प्रदर्शनीको सहआयोजकमा जिल्ला कृषि कार्यालय , जिल्ला पशुसेवा, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।

 
प्रदर्शनीमा धान रोप्ने, गोड्ने, खेत सम्मयाउने , कफी छोडाउने, सिंचाइ, मकै छोडाउने, तथा दूग्ध, फलफूल, मासु प्रशोधनसम्बन्धी नवीन प्रविधि तथा उपकरणहरु राखिएका छन् । यन्त्रीकरण प्रदर्शनीको हिजो एक कार्यक्रमका विच कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले उद्घाटन गरेका थिए । प्रदर्शनी यही फागुन १२ गतेसम्म चल्ने छ ।