नेपालमा बार्षिक २ अर्बको माछा आयात

यो समाचार 217 पटक पढिएको

काठमाडौं, १० फागुन/  नेपालमा बार्षिक २ अर्ब रुपैया बराबरको माछा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । मलुकको उत्पादनले मागको २५ प्रतिशत मात्र धान्ने भएकाले ठुलो परिमाणमा माछा आयात गर्नु परेको मत्स्य विकास निर्देशनालयका प्रमुख रामानन्द मिश्रले जानकारी दिए । मुुलुकमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा माछा पालन हुँदै आएको छ ।

Fish-Newsagrocom

त्यसबाट बार्षिक ५७ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको उनको भनाइ छ । त्यसमध्ये ३६ हजार व्यावसायिक तथा २१ हजार मेट्रिक टन माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको छ ।

 

माछा उत्पादकहरुले मुलुकलाई माछामा आत्मनिर्भर बनाउन बजार व्यस्थापन, लगानी प्रोत्साहन तथा कृषकलाई विनाधितो ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । नेपाल मत्स्य व्यवसायी सङ्घ, नेपाल फिसरिज सोसाइटी र राष्ट्रिय मत्स्य विकास कार्यक्रमको सयुक्त आयोजनामा भएको महोत्सव सहभागि व्यवसायीहरुले यस्तो बताएका हुन । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालीलाई प्रतिबर्ष २८ किलो माछाको आवश्यक छ । तर, अहिले प्रत्येक नेपालीका भागमा दुई किलो मात्र पर्ने गर्छ ।

 

 
शुक्रबादेखि सुरु भएको यो महोत्सवको दोश्रो दिन अर्थात शनिबार मात्रै करिब १९ हजार सर्वसाधारणले अबलोकन गरेका थिए । शनिबार माछाका पकौंडा, मम, फिस रोल, ग्रिल, फ्राई, करीसहित १४ वटा परिकारका बिषयमा प्रतिस्र्पधा गराइएको थियो । प्रतिस्र्पधामा उत्कृष्ट हुने पहिलोलाई दशहजार, दोश्रोलाई आठहजार र तेश्रोलाई छहजार आइतबार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

FishNewsagrocom2

नेपाल मत्स्य व्यवसायी सघ, नेपाल फिसरिज सोसाइटी तथा नेपाल सरकार राष्ट्रिय मत्स्य विकास कार्यक्रमको संयुक्त आयोजनामा शुक्रबारदेखि राजधानीको राष्ट्रिय सभागृहमा प्रथम राष्ट्रिय मत्स्य महोत्सव सचालन भएको हो । महोत्सवको उद्घाटन गर्दे नेकपा एमालेका नेता बामदेव गौतमले कृषिक्षेत्रको विकासका लागी कृषकहरुलाई सरकारले ्दिने अनुदान बढाउनु पर्ने बताए। त्यस्तै नेपाली काग्रेसका युवा नेता गगन थापाले कृषिक्षेत्रमा युवा आर्कषण बढाउन सरकारले स्पष्ट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै यस्ता महोत्सवले यस क्षेत्रको प्रबद्धनमा सहयोग पुक्ष्ने धारणा राखे ।

 

 

मेलामा विभिन्न परजातीका माछा, माछाका परिकार, माछा पालन प्रविधी, एक्युरियम लगायतका स्टलहरु राखिएका छन । माछापालनका क्षेत्रमा विकास भएका आधुनिक प्रविधी , माछा र माछाका परिकारका बारेमा जानकारी गराएर यस क्षेत्रको लगानी प्रबद्धनका लागी महोत्सव महत्वपूर्ण हुने आयोजकको दाबी छ ।

 

 

प्रमुख मिश्रले नेपालमा बार्षिक २ अर्ब रुपैया बराबरको माछा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । मलुकको उत्पादनले मागको २५ प्रतिशत मात्र धान्ने भएकाले ठुलो परिमाणमा माछा आयात गर्नु परेको छ । मुुलुकमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा बार्षिक ५७ हजार मेट«िक टन माछा उत्पादन हुने गरेको सरकारी आकाडा छ । ३६ हजार मेट«िक टन माछा व्यावसायिक तथा २१ हजार मेट«िक टन प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको छ । माछा उत्पादकहरुले मुलुकलाई माछामा आत्मनिर्भर बनाउन बजार व्यस्थापन, लगानी प्रोत्साहन तथा कृषकलाई विनाधीतो ऋण उपलब्ध गराउनुपर्ने बताउछन । सरकारले आवश्यक सहयोग गरेकमा आगामी पाच बर्षभित्र माछा उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्ने उनीहरुको दाबी छ ।

 

 

Fishnewsagrocom-3इन्द्र सरोवर मत्स्य व्यवसायी सघका अध्यक्ष जमानसिङ वाईवाले महोत्सवले माछाको व्यावसायीक उत्पादनका लागी कृषक तथा उद्योगीलाई प्रोत्साहान थप्ने तथा सरकारलाई निती निमार्णमा सहयोग पुयाउने जानकारी दिए । स्वास्थ्यका लागी मानव शरीरलाई प्रोटिन अति आवश्यक पर्ने र यसको सर्वोत्तम माध्यम माछा भएकोले माछा खानाले कुपोषण लगायतका समस्या समाधान गर्न सहयोग पुग्ने विज्ञहरुको भनाई छ विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालीलाई प्रतिबर्ष २८ किलो माछाको आवश्यक छ । तर, अहिले प्रत्येक नेपालीका भागमा दुई किलो मात्र पर्ने गर्छ । पछिल्लो समय बजारमा माछाको माग बढेपनि स्वदेशमा प्रयाप्त उत्पादन हुन नसक्दा ७५ प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको छ । जसका कारण माछाका लागी मात्रै मुलुककले बाािर्षक २ अर्ब भन्दा बढी खर्च गर्दे आएको छ । स्वदेशमै उत्पादीत माछाले माग पुरा गर्ने सक्ने अवस्था रहेपनि सरकारले यसको विकास तथा विस्तारका लागी आवश्यक सहयोग गर्न नसकेको माछा उत्पादक कृषकको गुनासो छ ।

 
महोत्सवको उदघाट्न गर्दै महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले देशमा माछा क्रान्तीको आवश्यक रहेको बताए ।एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमले माछा पालनका प्रशस्त संभावना रहेपनि आत्मनिर्भर हुन नसक्नु दुःखत् भएको भन्दै उत्पादन वृद्धिमा सबैले जोड दिनुपर्ने बताए ।

 
त्यस्तै कांग्रेस सभासद गगन थापाले माछा उत्पादनको प्रचुर संभावन रहेका कारण सरकारी स्तरबाट प्रवद्र्धन गर्न लागिपर्नुपर्ने बताए । कूल मागको २५ प्रतिशत मात्रै माछा स्वदेशमा उत्पादन भइरहेको व्यवसायीले बताएका छन् ।

 

पछिल्लो समयमा जनसंख्याबृद्धिसँंगै माछाको माग पनि बढेकाले माग पुरा गर्न भारतबाट आयात गर्नुपरेको जानकारी गराउदै प्रमुख मिश्रले माछाको हालको बृद्धिदर बार्षिक साढे ८ प्रतिशतबाट आगामी पांच बर्षमा १७ प्रतिशतमा पुरयाउन सके आयात प्रतिस्थापन गर्नुका साथै निर्यातसमेत गर्न सकिने बताए ।

 

निर्देशनालयकाअनुसार नेपालमा बार्षिक २ अर्ब रुपैयांभन्दा बढीको करिब ८ हजार ७ सय मेट्रिक टन माछा विभिन्न मुलुकबाट आयात हुन्छ । नेपालमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुंदै आएको छ । त्यसमध्ये ३६ हजार मेट्रिक टन व्यवसायिक रुपमा पालेर र बांकी २१ ह्जार मेट्रिक टन प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । नेपाल माछा व्यवसायी संघकाअनुसार राजधानीमा दुईसय ५० जना व्यापारीमार्फत दैनिक ६ हजार किलो माछा बिक्रि हुन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :