कुखुराको सुलीबाट जैविक मल

यो समाचार 188 पटक पढिएको

चितवन, १० फागुन । चितवनमा कुखुराको सुलीबाट आधुनिक जैविक मल निर्माण गर्न थालिएको छ । लामो समयदेखि कुखुरापालन व्यवसायमा अग्रणी संस्थाका रुपमा रहेको पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डस्ट्रिजको भगिनी संस्था एग्रो हेल्थ बायो टेक प्रालिले कुखुराको सुलीको प्रशोधनबाट आधुनिक जैविक मल तयार गरी बजारमा ल्याएको हो ।

2ChickenFamilyNewsagrocom
पश्चिम चितवनको शारदानगरमा स्थापित सो उद्योगमा अस्टे«लियन प्रविधिको प्रयोग गरी दानादार बायोमल उत्पादन गर्न थालिएको हो । मलमा बिरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्व, अन्य हार्मोन तथा इन्जाइमहरु उपलब्ध रहेको उद्योगका सञ्चालक डा तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
मलमा सूक्ष्म प्रकारका खनिज तत्वहरु रहेको तथा यसमा भएका खाद्यतत्व घुलनशील भएकाले बिरुवाले सहजै लिन सक्ने उहाँको भनाइ थियो । मलमा दुईदेखि चार प्रतिशत  फस्फोरस, तीन प्रतिशत पोटासियम, १.५ देखि दुई प्रतिशत अर्गानिक, कार्बन १८ प्रतिशत, पिएच ७.५ प्रतिशत, सिएन अनुपात १५ः१ प्रतिशत र चिसोपना २०.२५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । कालो र खैरो रङ्गमा धूलोदेखि विभिन्न आधारका  दानाका रुपमा मल  बजारमा ल्याइएको छ ।
नेपालमा आफ्नै मल कारखाना नभएको र विश्वव्यापी रुपमा जैविक मलको माग बढ्दो क्रममा रहेकाले कुखुराको सुली प्रयोग गरी मल उत्पादन गर्न थालिएको भट्टराईले बताउनुभयो । कुखुरापालन तथा कृषि उत्पादनका लागि चितवन अग्रणी जिल्ला भएकाले यहाँ उद्योग स्थापना गरी दाना मल उत्पादन थालिएको हो, उहाँले भन्नुभयो ।
विदेशबाट आयातित कम गुणस्तरका मलको प्रयोगबाट क्षणिक रुपमा बढी उत्पादन देखिए पनि माटोको गुणस्तर बिग्रन गई हुने दीर्घकालीन क्षति रोक्न यस्तो जैविक मल उपलब्धिमूलक हुने उहाँको भनाइ छ ।
गुणस्तरहीन मलको प्रयोगले माटोमा हुने सूक्ष्म तत्वमा ह्रास आउने, जराले अक्सिजन लिन गाह्रो हुने, माटोले पानी ग्रहण गर्न नसक्ने, माटोका लागि आवश्यक जीवाणुमा कमी हुनेजस्ता समस्या पर्ने र यसले माटोको उर्बराशक्तिमा कमी ल्याई बोटबिरुवा राम्ररी हुर्कन तथा बढ्न नसक्ने, उत्पादन कम हुने उहाँले बताउनुभयो । बायोमल नामको ब्रान्डमा बजारमा ल्याइएको मलले यस्ता समस्या कम गर्ने उद्योगको दाबी छ ।
रु दुई करोड ५० लाखको लगानीमा स्थापना गरिएको उद्योगको दैनिक दस टन मल उत्पादन क्षमता रहेको छ । उद्योगले अहिले परीक्षण उत्पादन गर्दै आएको छ । सुलीको मल सिधै बालीमा प्रयोग गर्दा किटाणुहरु सर्ने सम्भावना हुने भएकाले यो मल उत्पादन गर्दा १२० डिग्री सेन्टिग्रेड तापक्रममा प्रशोधन हुने व्यवस्था रहेको छ ।
यस मलमा नब्बे प्रतिशत सुली र अरु दस प्रतिशत बिरुवाका लागि पोषक तत्व दिने पदार्थ मिसाइने बताइएको छ । मललाई सन्तुलित बनाउन खरानी, पिना, अण्डाको खोस्टाको धूलो, सिपी, माटोलगायतका पदार्थ पनि मिसावट हुने उहाँले बताउनुभयो ।
विभिन्न तीन आका

रचनात्मक प्रतिक्रिया दिनुहोस् :