कृषि नीति जारी गर्ने तयारी हुँदैछः सचिव खनाल

This post has already been read 143 times!

काठमाडौ, १० फागुन । कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले कृषि यान्त्रिककरणको नीति यसै बर्षभित्र जारी गर्ने बताउनु भएको छ ।
jaymukunda khanalNewsagrocomआज चितवनमा पहिलो कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन गर्दै उहाँले नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । खनालले यान्त्रीकरण नीतिसँगै करार खेती ऐन ल्याउने तयारी भैरहेको समेत जानकारी दिनुभयो ।


उहाँले भाडामा जमिन लिएर उपकरण प्रयोग गरी कृषिको विकास गर्नु यो नीतिको मुल उद्देश्य रहेको बताउनु भयो ।

 

 

आगामी सन् २०२२ सम्ममा नेपाललाई विकासोन्मुख देशबाट विकासशील देश बनाउनका लागि कृषिमा यान्त्रीकरण गरी उत्पादन बृद्धि गर्नु जरुरी रहेको जोड दिनुभयो ।

 

नारायणी नदी किनारमा फागुन १२ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न १६ देशमा निर्मित ५ सय कृषि यन्त्रहरु प्रदर्शनमा राखिएको कार्यक्रम मुल आयोजक समितिका संयोजक वीरेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।
कृषि यन्त्र, औजारको प्रवर्द्धन, अनुसन्धान र आयात गर्न प्रदर्शनीले सहयोग पु¥याउने हमालले बताउनुभयो । कृषिमा यान्त्रीकरणको विकास गरी लगानी बढाउँदै उत्पादन बृद्धि गर्ने योजना रहेको आयोजकले जनाएको छ