चार करोडको तरकारी निर्यात

यो समाचार 169 पटक पढिएको

गोरखा , १० फागुन / जिल्लाको घ्याल्चोक गाविसस्थित जनकल्याण ताजा तरकारी सहकारी संस्था लि.ले चालु आर्थिक वर्षमा चार करोड मूल्य बराबरको तरकारीको कारोबार गरेको छ ।
Vegetablenewsagrocom किसानले उत्पादन गरेका तरकारी सिधै सहकारीले खरिद गरी सहकारीमार्फत बाहिर बिक्री हुने गर्दछ । किसानको तरकारी बिक्री गरिदिएबापत प्रतिकेजी एक रुपैयाँका दरले सहकारीले रकम लिने गरेको छ । यो रकम सहकारी व्यवस्थापन, विभिन्न निर्माणका काम र गरिब किसानलाई मल बीउ अनुदानमा खर्च गरिन्छ । गोरखामा उत्पादन भएको तरकारी पृथ्वीराजमार्गको किनारामा ल्याएर बिक्री गर्ने गरिन्छ ।

 

अघिल्लो वर्ष कुल १६ हजार मेट्रिक टन तरकारी बिक्री भएकोमा यो वर्ष अहिलेसम्म १३ हजार मेट्रिक टन पुगिसकेको छ । मूल्य भने अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर पुगेको व्यापारी व्यापारी बताउँछन् । अघिल्लो वर्ष रु. ३० मा बेचेको भिन्डी यो वर्ष प्रतिकेजी रु. ६० पुगेको छ । अघिल्लो वर्ष रु. छ करोडको कारोबार भएको सहकारीका व्यवस्थापक कृष्ण विकले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :