हाइब्रिड मकैको अनुसन्धानका लागि बजेटको अभाव

यो समाचार 165 पटक पढिएको

चितवन,  नेपालमा हाइब्रिड मकै उत्पादनको अनुसन्धानका लागि बजेको अभाव देखिएको छ । नेपालमा मकैको वैज्ञानिक रुपमा अनुसन्धान गर्दै आएको चितवनको राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रमा बजेट अभावकै कारण अनुसन्धान तथा हाइब्रिड मकैको नयाँ बीउ उत्पादनमा कठिनाइ भएको छ ।
मकैबाली अनुसन्धान केन्द्रका प्रमुख डा केशवबाबु कोइरालाले करिब वार्षिक बजेट रु एक करोडको हाराहारीमा आएमा प्रभाव

Maize

कारी अनुसन्धान हुनसक्ने बताउनुभयो । उहाँले अहिले सरकारबाट हाइब्रिड मकै उत्पादनका लागि आएको कुल रु १२ लाख १० हजार बजेटले काम गर्नसक्ने अवस्थानै नभएको बताउनुभयो । सोही रकमबाट जेनतेन धानिरहेको भएपनि बहुराष्ट्रिय कम्पनीसँगै प्रतिस्पर्धा गर्नसक्ने अवस्था भने नभएको उहाँको भनाइ छ । वार्षिक अनुसन्धानका लागि रु एक करोड बजेटसँगै योग्य वैज्ञानिकको व्यवस्था र स्रोतसाधन हुनसके नेपालमा उत्पादन हुने नयाँ मकैको बीउ विदेशसमेत निर्यात गर्न सकिने उहाँले बताउनुभयो । उहाँले त्यसपछि ती कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिने बताउनुभयो ।

नेपालमा कुल बजेटको जम्मा ५ प्रतिशत मात्रै कृषि क्षेत्रमा आउने गरेकाले पनि कृषिमा आधुनिकीकरण हुन नसकेको भन्दै उहाँले यसतर्फ ध्यान जानु जरुरी भएको बताउनुभयो । नेपालमा अहिले बहुराष्ट्रिय कम्पनी ३२ प्रकारका हाइब्रिट ९वर्णशङ्र० मकैको बीउ नेपालमा लगाउन अनुमति दिइएको छ । नेपालमा उत्पादित २४ प्रकारका मकैलाई राष्ट्रिय बीउविजन उन्मोचन इकाईले किसानलाई सिफारिस गरेको र तीमध्ये पोषिलो मकै र गौरब मात्रै हाइब्रिड भएपनि अहिले उत्पादित मकैको बीउमा कृषकको ध्यान जान सकेको छैन ।

अहिले पनि आर एमएल ३२ र आर एमएल १७ जातको मकै उन्मोचनको तयारीमा रहेको कोइरालाले बताउनुभयो । उहाँका अनुसार अनुसन्धान केन्द्रले चितवनको रामपुरसँगै बाराको परवानीपुर, सुनसरीको तरहरालगायत क्षेत्रमा कमैको अनुसन्धान गर्दै आइरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :