राजधानीमा माछा महोत्सव शुरु

This post has already been read 68 times!

काठमाडौं, १० फागुन/सरकार र व्यवसायीको साझेदारीमा पहिलो पटक राजधानीमा माछा महोत्सव शुरु भएको छ । राजधानीको राष्ट्रिय सभा गृहमा शुक्रबारबाट शुरु भएको महोत्सवमा विभिन्न प्रजातीका माछा प्रदर्शनी गरिएका छन् ।
महोत्सवमा २५ माछा स्टल र २० माछाका विभिन्न परिकार राखिएको राष्ट्रिय मत्स्य विकास कार्यक्रमका प्रमुख रामानन्द मिश्रले जानकारी दिए । महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले देशमा माछा क्रान्तीको आवश्यक रहेको बताए ।
एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका गौतमले माछा पालनका प्रशस्त संभावना रहेपनि आत्मनिर्भर हुन नसक्नु दुःखत् भएको भन्दै उत्पादन वृद्धिमा सबैले जोड दिनुपर्ने बताए ।

त्यस्तै कांग्रेस सभासद गगन थापाले माछा उत्पादनको प्रचुर संभावन रहेका कारण सरकारी स्तरबाट प्रवद्र्धन गर्न लागिपर्नुपर्ने बताए । कूल मागको २५ प्रतिशत मात्रै माछा स्वदेशमा उत्पादन भइरहेको व्यवसायीले बताएका छन् । नेपालमा आठ हजार एक सय हेक्टरमा पोखरी खनी वार्षिक ३८ हजार टन माछा उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।