कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

यो समाचार 282 पटक पढिएको

कृषिको रुपान्तरणका लागि यान्त्रिकरणमा जोड
चितवन, १० फागुन / कृषिमा यान्त्रिकरण गरी खाद्य सुरक्षामा टेवा पुर्याउ भन्ने मूल नाराका साथ नारायणढमा प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । नारायणी नदी किनार मैदानामा शुक्रबार प्रदर्शनी उद्घाटन गर्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले यान्त्रिकरणविना कृषि विकास असंभव रहेको बताए । कृषि क्षेत्रको रुपान्तरणमा यान्त्रीकरणमा जोड दिँदै उनले कृषि उपजको बढ्दोको परनिर्भरता घटाउन कृषिमा यान्त्रिकरणको विकल्प नभएको बताए ।

chitwanNewsagrocom

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का कार्यकारी निर्देशक डा. दिलबहादुर गुरुङले कृषि पेशालाई सम्मानित पेशामा रुपन्तरण हुन नसक्दा कृषिमा युवा आकर्षण घटेको बताउँदै सोही कारण नेपाली युवाहरु वैदेशिक रोजगारतर्फ जाने क्रम बढेको बताए । जनशक्ति र जमीन घट्दो क्रममा रहेकोले पनि कृषिमा यान्त्रिकरण आवश्यक रहेको उनको भनाइ थियो । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले लागतअनुरुप मुनाफा नपाएकोले नेपाली कृषि उत्पादनले विदेशी वस्तुसित प्रतिस्पर्धा गर्न कठिन भएको बताए ।

 

 

विगतमा नेपालका सीमावर्ती गाउँमा भारतीय मजदूर कृषिको काममा आउने गरेकोमा अहिले नेपालीहरु भारततर्फ जाने गरेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे । उपकरण वितरक टेडिड कन्र्सनका दुर्गा दहालले कृषि यान्त्रिकरणका लागि राज्यले नीति नियम बनाउन नसकेको गुनासो गरे । उनले भन्सारमा कृषि उपकरणमाथि जथाभावी कर असुल्ने गरेको आरोप लगाउँदै भन्सार कार्यालयमा कृषि उपकरणका बारेमा जानेबझुेका कर्मचारीलाई राख्न सुझाव दिए । सरकारी कार्यालयहरुले बीऊविजनसमेत चर्को कर असुल्ने गरेको उनको गुनासो थियो।’

 

 

उनले करकै अन्यौलताका कारण आफ्ना लाखौंको उपकरणहरु कोलकातामै थन्किरहेको बताए ।केही वर्षअघिसम्म नेपालमा कृषि यन्त्र बिक्री हुनै नसक्ने अवस्था रहेको पछिल्लो समय यसको विक्री बढ्दो क्रममा रहेको बताए । खासगरी विदेशमा काम गरेर फर्किएका नेपालीहरु कृषिमा यान्त्रिकरणतर्फ अग्रसर रहेको उनको भनाइ थियो ।

 
प्रदर्शनीमा धान रोप्ने, गोड्ने, दाउनी गर्ने, कफी छोडाउने, मकै छोडाउने उपकरण, थोपा सिंचाइ प्रविधि, दूग्ध दुहुने उपकरण, टयाक्ट तथा हाते ट्याक्टर फलफूल, मासु प्रशोधनसम्बन्धी नवीन प्रविधि तथा उकरणहरु राखिएका छन् । प्रदर्शनीमा काठमाडौ, चितवन, बीरगञ्ज र भारतका व्यवसायीको सहभागीता रहेको छ । प्रदर्शनी अवलोकनका लागि विराटनगरदेखि धनगढीसम्मका कृषक समूहहरु आइरहेको आयोजकले जनाएको छ ।
कृषि विभाग, कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् कृेषि उद्यम केन्द्र आयोजक रहेको प्रदर्शनीमा चितवनस्थित जिल्ला कृषि, जिल्ला पशुसेवा, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघले सहआयोजकको भूमिका निर्वाह गरिरहेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :