वर्डफ्लु नियन्त्रण आदेश संशोधन

यो समाचार 154 पटक पढिएको

संक्रमित फार्ममा ४२ दिनमै पुनः कुखुरा पाल्न पाइने
काठमाडौं, ९ फागुन / वर्डफ्लु संकटग्रष्त क्षेत्रका कुखुरा पालकले अब संक्रमण भएको ४२ दिनमै साही स्थानमा पुनः कुखुरा पाल्न पाउने भएका छन् । यसअघि कुनै स्थानमा बर्डफ्लु संक्रमण (आउटब्रेक) भएको प्रमाणित भएपछि सो स्थानमा ९० दिनसम्म पुनः कुखुरा पाल्न नपाइने व्यवस्था रहेकोमा कृषि विकास मन्त्रालयले वर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ लाई संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको हो । 

2ChickenFamilyNewsagrocom

 

पुरानो गठन आदेशको साटो संशोधित ‘वर्डफ्लु रोग नियन्त्रण (तेस्रो संशोधन) आदेश २०७०’ लागू भएकाले अब ४२ दिनमै कुखुरा पाल्न पाउने भएका हुन् । गठन आदेशको संशोधन नेपाल राजपत्रमा गत माघ २७ गते प्रकाशित भएकाले सोही दिनबाट यो व्यवस्था लागू भएको छ । नीन महिनासम्म कुखुरा पाल्न नपाउँदा कृषकलाई मार पर्ने भएकाले प्राविधिक रुपमा समेत अध्ययन गरेर ४२ दिनलाई कायम गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

वर्डफ्लु संक्रमणपछिको २१ दिनसम्म रोग देखिने समय मानिने भएकाले देशको वस्तुस्थिति हेरेर नेपालमा यसअघि ९० दिन कायम गरिएको कृषि विकास मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले बताए । “सुरु सुरुमा रोग नियन्त्रणका लागि प्राविधिक र प्रविधि समेतको कमीका ‘स्टाडेटरी सर्टिफिकेट’ उपलब्ध गराइएको कारण तीन महिनासम्म म्याद राखिएको हो,” उनले भने, “नेपालको वस्तुस्थितिमा अब ४२ दिनसम्म रोग नियन्त्रण भैसक्के देखिएर गठन आदेशको संशोधन गरि यो व्यवस्था गरेका हौं ।” कृषकहरुलाई धेरै समय कुर्नुुपर्ने समस्याको उपचार स्वरुप मन्त्रालयले यस्तो व्यवस्था गरेको उनले बताए ।
नेपालमा प्राविधिक दक्षता अझै पनि पूर्ण रुप्मा सक्ष नभएकाले हाललाई किटानु देखिने समयभन्दा दुईगु्ण समय थपिएको मन्त्रालयले जनाएको छ । “कतिपय विकसित देशमा २१ दिनमै पनि पनि पुनः कुखुरा पाल्द दिने व्यवस्था छ तर हामी अझै त्यो अवस्थामा पुगिसकेका छैनौं,” पाठकले भने, “तर ९० दिनको ठाउँमा ४२ दिनमात्र कुर्नुपर्ने भएकाले यो व्यवस्थाले कुखुरा पालक कृषकलाई थप राहत दिन्छ भन्ने हाम्रो विश्वास छ ।” पछिल्लो समयमा देशभर लगाइएको संक्रमणग्रष्त क्षेत्र समेत फिर्ता भैसकेकोले देशभरका कृषकलाई ढुक्क भएर व्यवस्थित रुपमा कुखुरा पालनमा लाग्न उनले आग्रह गरे ।
गठन आदेशका दफा २, ४, ५, ९ र १० का केही उपदफाहरुमा समेत संशोधन गरिएको छ । गठन आदेशको दफा २ को खण्ड (च) मा रहेको ‘कृषि तथा सहकारी मन्त्रालय’ भन्ने शब्दहरुको सट्टा ‘कृषि विकास मन्त्रालय’ भन्ने राखिएको छ । त्यसैगरी यसअघि विभिन्न दफाको उपदफाहरुमा ‘नेपाल सरकारले’ रहेकोमा संशोधन गरी ‘मन्त्रालयले’ भन्ने शब्द राखिएको छ ।

 
पछिल्लो समयमा भक्तपुर लगाएत देशभर वर्डफ्लुको संक्रमणका कारण १८ लाख कुखुरा तथा चल्ला नष्ट भएपछि पोल्ट्री व्यवसायी धरासयी भएको व्यवसायीले बताएका छन् । वर्डफ्लु संक्रमित फामहरुलाई सरकारले संक्रमणग्रष्त क्षेत्र मुक्त गरिसके पनि कृषकहरुले पुनः पालेका छैनन् । कृषि विकास मन्त्रालयले पोल्ट्री व्यवसायलाई पुनस्र्थापना सहितको राहत प्याकेजको तयारी गरे पनि सो सम्बन्धी फाइल अर्थ मन्त्रालयमा अड्केको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :