आजदेखि राजधानीमा माछा महोत्सव, चितवनमा यान्त्रिकरण महोत्सव

This post has already been read 192 times!

काठमाडौं, ९ फागुन /  यो साता नेपालमा ऐतिहासिक रुपमा कृषिसम्बन्धी दुई छुट्टा छुट्टा बिषयमा महोत्सवको आयोजना गरिएको छ । राजधानीमा पहिलो पटक तीनदिने माछा महोत्सव, चितवनमा भने चारदिने कृषि यान्त्रीकरण महोत्सव । नेपाली किसानका लागि दुवै महोत्सव त्यति नै महत्वपूर्ण हो ।

 

Ktm fishNewsagrocom

राजधानीको भृकुटीमण्डपमा आज(शुक्रबार) देखि नेपालमै पहिलो पटक राष्ट्रिय रुपमा माछा महोत्सवको आयोजना गरिएको छ । सरकारी तथा विभिन्न गैरसरकारी निकायहरुको सहकार्यमा माछा महोत्सव तथा परिकार प्रतियोगिताको आयोजना गरिएको हो।

 

नेपालीले अहिले पनि राम्ररी खान नसकेको जानकारी गराउदैफिसरिज सोसाइटीका अध्यक्ष प्राध्यापक डा। माधवकुमार श्रेष्ठले माछालाई तारेर, झोल बनाएर, उसिनेर, मासुको बारालगायतका परिकार बनाएर खान सकिने बताए । उनले खसीको मासुभन्दा माछा मानवस्वास्थयका लागि निक्कै लाभदायक भएकाले साना केटाकेटीदेखि बृद्धसम्मले माछा खानुपर्ने सुझाव दिए ।

 

नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसीराम गिरीले माछा उत्पादन तथा बजारीकरणलाई प्रवद्र्धन गर्न पहिलो पटक माछाको महोत्सवको आयोजना गरिएको बताए । नेपालमा पानीको उपलब्धताका कारण माछा उत्पादन गर्न सक्ने प्रचुर सम्भावना भएको जानकारी गराउदै उनले व्यवसायिक रुपमा माछा पालन, यसका विभिन्न परिकार, उपकरण तथा रोगहरुकाबारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।

 

“माछाको प्रचुर सम्भावना छ,” उनले भने, “हामी प्राकृतिक रुपमा पानीमा धनी छौं । पानीबाट बिजुलीमात्र होइन, माछा पालन गरेर स्वदेशी माग धान्नुका साथै निर्यात गरेर विदेशी रकम पनि भित्र्याउन सक्छौं ।” उनले माछामा मुलुक आत्मनिर्भर हुन नसक्दा भारतलगायत तेश्रो मुलुकबाट झण्डै ७५ प्रतिशतको हाराहारीमा माछा आयातहुँंदै आएको जानकारी दिए ।

 

 

मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रले महोत्सवको माध्यमबाट माछाको व्यवसायिकरण गर्न उद्योगहरुलाई भित्र्याउने योजना रहेको बताए । “व्यवसायिक रुपमा अझै माछाको उत्पादन हुन सकेको छैन्, जसले गर्दा भारतलगायत तेश्रो मुलुकबाट ठूलो परिमाणमा दैनिक माछा आयात हुँदै आएको छ । यो आयातदरलाई घटाउन ठूला व्यवासायिक उद्योगीहरुलाई आकर्षण गर्न आवश्यक छ,” निर्देशक मिश्रले भने । उनकाअनुसार शुद्ध र ताजा माछा चिन्न सक्ने गुण जानकारी नभएका कारण उपत्यकाबासी गुणस्तरहिन माछा खरिद गर्न बाध्य भएको बताए । “हामी महोत्सवमा गुणस्तरयुक्त माछा खरिद गर्ने शिप पनि अवलोकनकर्तालाई सिकाउने व्यवस्था गरेका छौं,” उनले भने ।

 

 

मानव शरीरलाई प्राणि प्रोटिन अतिआवश्यक भएको जानकारी गराउदै उनले यसका लागि सबैभन्दा सर्बोत्तम माध्यम माछा भएको बताए । प्राणि प्रोटिनको अभावमा कुपोषण हुने समस्यालाई समाधान गर्न माछालाई खानाको रुपमा प्रयोग गर्नुपर्ने उनले सुझाव दिए । मानवशरिरलाई दैनिक ४५ ग्राम प्रोटिन आवश्यक पर्छ । त्यसमध्ये १५ ग्राम प्राणी प्रोटिनको मात्रा हुनुपर्छ । “यसको सर्वोत्तम विकल्प माछा हो,” उनले बताए ।

 

निर्देशक मिश्रकाअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालीलाई प्रतिबर्ष २८ किलो माछाको आवश्यक छ । तर अहिले प्रत्येक नेपालीको भागमा दुई किलोमात्र भाग पुग्छ । पछिल्लो समयमा जनसंख्याबृद्धिसँंगै माछाको माग पनि बढेकाले माग पुरा गर्न भारतबाट आयात गर्नुपरेको जानकारी गराउदै उनले माछाको हालको बृद्धिदर बार्षिक साढे ८ प्रतिशतबाट आगामी पांच बर्षमा १७ प्रतिशतमा पुरयाउन सके आयात प्रतिस्थापन गर्नुका साथै निर्यातसमेत गर्न सकिने बताए ।

 

नेपाल फिसरिज सोसाइटी, नेपाल मत्स्य व्यवसायी संघ, मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद९नार्क०, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ । पच्चीसभन्दा बढी स्टाल राख्ने व्यवस्था गरिएको महोत्सवमा माछाका परिकार, बनाउने विधि तथा बिक्रि, जिउदो तथा ताजा माछा बिक्रि, एक्वारियम सामाग्री तथा रंगिन माछा बिक्रि, माछा पालनका विविधि प्रविधि प्रर्दशनी तथा जानकारी, पानी परीक्षण तथा माछाको रोग परीक्षण, माछाका दाना, औषधी, उपकरणको बिक्रिको व्यवस्था गरिएको छ ।

 

निर्देशनालयकाअनुसार नेपालमा बार्षिक २ अर्ब रुपैयांभन्दा बढीको करिब ८ हजार ७ सय मेट्रिक टन माछा विभिन्न मुलुकबाट आयात हुन्छ । नेपालमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुंदै आएको छ । त्यसमध्ये ३६ हजार मेट्रिक टन व्यवसायिक रुपमा पालेर र बांकी २१ ह्जार मेट्रिक टन प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । नेपाल माछा व्यवसायी संघकाअनुसार राजधानीमा दुईसय ५० जना व्यापारीमार्फत दैनिक ६ हजार किलो माछा बिक्रि हुन्छ ।

 

 

उता चितवनमा भने कृषि यान्त्रिकरणस बन्धी पहिलो राष्ट्रिय प्रर्दशनीको आयोजना गरिएको छ । कृषि विकास मन्त्रालयमातहतको कृषि ईन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कृषि ईन्जिनियरिङ महाशाखा तथा नेपाल उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा चारदिने प्रदर्शनीको आयोजना गरिएको हो ।प्रदर्शनी चितवन जिल्लाको नारायणगढको नारायणी नदीको वगरमा आयोजना गरिएको छ । प्रदर्शनी कार्यसमितिका सदस्यसचिब ईन्जिनियर मधुसुधनसिंह वस्न्यातले जानकारी दिए।

 

कृषि ईन्जिनियरिङ निर्देशनालयका निमित्त कार्यक्रम निर्देशकसमेत रहेका बस्न्यातकाअनुसार चालु आर्थिक बर्ष ०७०र७१ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार कृषि यन्त्र, औजार तथा उपकरणस बन्धी प्रदर्शनीको आयोजना गरिएको हो। उनका अनुसार कृषि यान्त्रिकरणको प्रवद्र्धन, त्यसस बन्धी जनचेतना, उत्पादक, आयातकर्ता, वितरक, बिक्रेता, बैंक तथा वित्तिय संस्थालगायत किसानहरूलाई एकै थलोमा ल्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो।

 

कृषि ईन्जिनियरिङ महाशाखाका प्रमुख श्रीमत श्रेष्ठका अनुसार प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण, उत्पादक, आयातकर्ता, वितरण, विक्रेता, सरकारी संस्था, शैक्षिक संस्था, अनुसन्धान संस्था, कृषक समूह तथा सहकारी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था र बैंक तथा वित्तिय संस्थाका गरेर सयवटा स्टाँल राखिएको छ । मुलुकभरका जिल्लाका कृषक, कृषक समूह तथा सहकारी, कर्मचारी, अनुसन्धानकर्ता, विद्यार्थी, कृषि आयोजना तथा व्यवसायीहरू गरेर करिब दुईलाखले प्रदर्शनीको अवलोकन गर्ने लक्ष्य राखिएको छ।