कृषि यान्त्रिकीकरण मेलाको तयारी सम्पन्न

यो समाचार 265 पटक पढिएको

काठमाडौं, ७ फागुन / व्यावसायिक कृषि क्षेत्र निर्माणमा टेवा पु¥याउने उद्देश्यले सरकारले पहिलोपटक राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी आयोजना गर्ने भएको छ ।  महोत्सवको आवश्यक तयारी सम्पन्न भएको आयोजकले जनाएको छ ।Mechanijmnewsagrocom
चितवनस्थित नारायणी नदी किनारमा ९ फागुनबदेखि ३ दिनसम्म चल्ने यान्त्रिकीकरण प्रदर्शनीमा भारत, चीन, इटाली, इजरायल र कोरियाबाट ल्याइने कृषि औजार प्रदर्शनीमा राखिने कृषि विभागले जनाएको छ ।
विभागअन्तर्गतको कृषि इन्जिनियरिङ निर्देशनालयका प्रमुख श्रीमत श्रेष्ठले आधृनिक कृषि उपकरण प्रदर्शनीमा राखिने बताए । प्रदर्शनीमा व्यवसायीक कृषिमा प्रयोग हुने ट्याक्टर, लेजर ल्यान्डलोभर, आलु रोप्ने मेसिन, धान काट्ने–रोप्ने मेसिनलगायतका आधुनिक कृषि औजार राखिनेछ ।

‘व्यावसायिक कृषि क्षेत्रमा योगदान दिने उद्देश्यले आयोजित प्रदर्शनीमा नेपालमा अनुसन्धान तथा विकास गरिएका औजारका साथै व्यावसायीक कृषिविधिबारे जानकारी दिइनेछ’ श्रेष्ठले भने । मेलामा ७० भन्दा बढी स्टलले सहभागिता जनाउनेछन् भने मुलुकभरबाट ५० हजारभन्दा बढी अवलोकनकर्ता आउने अनुमान आयोजकको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :