लप्सीबाट मनग्य आम्दानी गर्दै

यो समाचार 282 पटक पढिएको

पर्वत, ६ फागुन/ नेपाल विविधताले भरिएको मुलुक हो । यहाँ विभिन्न प्रकारका नगदेवाली तथा फलफूलहरुको उत्पादन हुने गर्छ । तैपनि ति सबै उत्पादित फलफूलहरुले महत्व र बजार पाएको छ्रैन । नेपालमा मात्र पाइने लप्सी पर्वतमा पनि प्रसस्त मात्रमा पाइन्छ ।

 

Lapsi Newsagrocom

पहिलापहिला लप्सीको महत्व थाहा नपाएर पाखामा खेर जाने गरेका १० वर्षयताका दिनहरुमा आप्दानीको स्रोत बन्न थालेको छ । पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रशोधन केन्द्र सञ्चालन भएपछि अहिले लप्सी आयआर्जनको दरिलो माध्यम बनेको छ।

 
पर्वतको मुडिकुवा गाविसमा सामुदायिक खाद्य प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिले लप्सीले निकै महत्व पाएको छ । पहिलापहिला डाँडा पाखामा फलेको लप्सी त्यसै खेर जाने गरे पनि अहिले स्थानीयस्तरमै लप्सीले मु्ुल्य पाउन थालेको छ । पर्वतका अधिकाश गाविसहरुमा प्राकृतिक रुपमै धेरै लप्सीका रुखहरु देख्न पाइन्छ ।

 

 

अहिले तिनै लप्सीको संरक्षणका साथै आधुनिक तरिकाले लप्सीको फलबाट विभिन्न प्रकारका अचार, जाम, क्यान्डी, सुकुटी, तितौरा, लप्सी धुलो उत्पादन हुने गरेको पर्वत सामुदायिक विकास संस्थाका संस्थापक अध्यक्ष ऋषिकेश तिवारी बताउछन । संस्थाका अध्यक्ष्ँ तिवारीले स्वदेशका साथै विदेशमा समेत लम्सीको माग आएकाले आफुहरुले लप्सीको चियासमेत उत्पादन सुरु गरिएको छ।

 
अहिले कृषकहरुसँग बोसे लप्सी ६० र हाडे लप्सी ५० रुपैयाँ पाथीमा घरमै गएर खरिद गरिन्छ । यो वर्ष करिव ३० टन लप्सी संकलन गरी प्रशोधन गरिने लक्ष्य भएको खाद्य प्रशोधन केन्द्रका सञ्चालक थानेश्वर भुसाल बताउँछन् । स्थानीय स्तरमा लप्सीले मुल्य पाउन थालेपछि कृषकहरु पनि लप्सी खेतीतर्फ आकर्षित भएको स्तानीय युवा अच्युत तवारीको भनाइ छ ।

 
अहिले मुडिकवामा उत्पादन भएको लप्सी मुलुकका प्रमुख शहरका साथै विदेशमा समेत जाने गरेको छ । आर्गानिक लप्सी अचारको रुपमा परिचित लप्सीका विरुवा पर्वतका ५५ गाविसमै उत्पादन गरेर पर्वत जिल्लामा मात्र नभई देशभर पु¥याउने अभियान थालिएको छ ।

 
यो केन्द्रले लप्सीको विभिन्न परिकार उत्पादन गर्ने गरेको छ । विस्तारै यो खेती र उत्पादनको महत्व बढेपछि छिमेकी जिल्लाहरु बाग्लुङ, कास्की, स्याङजाका साथै विदेशबाट समेत लप्सीको बारेमा अध्ययन गर्न र आधुनिक प्रशोधन गर्ने प्रक्रिया सिक्नका लागि आउने गरेका छन् ।

 

मुलुकमा जैविक खेतीतर्फ आकर्षण बढिरहेको अवस्थामा सम्बन्धित निकायले पनि स्थानीयस्तरका खाद्य प्रशोधन तथा साना उद्योगहरुलाई सहयोग गरे स्थानीयस्तरमै रोजगारी सिर्जना स्पष्ट देखिएको छ । त्यसैले राज्यले यस्तो उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्न ठोस आयोजना अघि सार्नु आवश्यक छ।
यामप्रसाद पौड्याल, मुडिकुवा पर्वत

रचनात्मक प्रतिक्रिया दिनुहोस् :