ब्रोइलर कुखुरासहित छ जना पक्राउ

यो समाचार 232 पटक पढिएको

 विराटनगर, ६ फागुन । भारतबाट अवैध रुपमा चोरीतस्करी गरी ल्याइएको ब्रोइलर कुखुरासहित ६ जनालाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ ।2ChickenFamilyNewsagrocom

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१८ बस्ने श्रवणकुमार मण्डल, नीलकुमार साह, शम्शेर खान, दीलिप चौधरी, मिथुनकुमार दास, मञ्जितकुमार सहनीले भारतीय खुल्ला सीमाबाट ३८ थान अवैधरुपमा प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा एवम् आठ थान साइकलसहित विराटनगर–२० हुलास मेटल चौकमा पक्राउ गरिएको हो ।

 

कुखुरा ल्याउने अन्य दुई जनाभने साइकल छाडी फरार भएका छन् । पक्राउ गरिएको कुखुरा जिल्ला पशु क्वारेन्टाइन कार्यालयले खाडल खनी नष्ट गरेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङ पठाइएको प्रहरीले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :