स्वरोजगार बन्न युवालाई ऋण

यो समाचार 203 पटक पढिएको

 कञ्चनपुर, ६ फागुन । सीप सिकेका बेरोजगार युवालाई लक्षित गरी कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुरले ऋण प्रवाह गर्ने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घ र सो बैंकबीच सीप सिकेका दक्ष युवालाई ऋण दिने सहमति भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

HelvitasNewsagrocomसङ्घका अध्यक्ष गणेशदत्त जोशीले यहाँका बेरोजगार युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बैंक ऋण दिन सहमत भएको बताउनुभयो । लगानीको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका बेरोजगार युवालाई यो कार्यक्रमले सहयोग पु-याउने उहाँको भनाइ छ । कञ्चन डेभलपमेन्ट बैंकले उद्यमशील व्यक्तिलाई २५ हजारदेखि दुई करोडसम्म ऋण प्रदान गर्ने योजना बनाएको अध्यक्ष शिवसिंह कार्कीले जानकारी दिनुभयो ।

 

आगामी आर्थिक वर्षदेखि उक्त ऋण प्रदान हुने बताइएको छ । अध्यक्ष कार्कीले विद्यमान बेरोजगारी हटाउन उक्त कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । ‘स्थानीय स्तरमा रहेका बेरोजगार युवालाई सुलभ ब्याजदरमा धितोमा ऋण दिन लागेका हौँ’, उहाँले भन्नुभयो । रोजगार कोष परियोजना सुरु चितवन, ६ फागुन । चितवनका युवालाई विदेश जानबाट रोकी स्वरोजगार गराउने उद्देश्यले जिल्लामा रोजगार कोष परियोजना सुरु गरिएको छ ।

 

परियोजनाबाट यो वर्ष चितवनका मात्रै ४ सय युवालाई रोजगार दिलाउने लक्ष्य रहेको हेल्भेटास नेपालले जनाएको छ । यसका लागि करिब रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको छ । यसअघि तीन हजार २ सय युवा लाभान्वित भएको संस्थाले जनाएको छ । परियोजनामा १८ देखि ४० वर्ष समूहका युवालाई सहभागी गराइने सो संस्थाका सञ्चार अधिकृत कोमल भट्टले जानकारी दिनुभयो । तालिमका सहभागीलाई प्रतिव्यक्ति रु ५० हजारसम्म सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

 

हेल्भेटास संस्था विगत ५५ वर्षदेखि नेपालमा काम गर्दै आएको छ । अहिले चितवनलगायत नेपालका ६० जिल्लामा कार्यक्रम सुरु भएको छ । यस वर्षबाट सुरु रोजगार कोष परियोजनाअन्तर्गत नेपालका १६ हजार युवालाई तालिमपछि रोजगारीको व्यवस्थासमेत गरिने संस्थाको भनाइ छ । विभिन्न कार्यक्रममार्फत तालिम लिएकामध्ये अहिलेसम्म ७० प्रतिशत कुनै न कुनै आयमूलक काममा लागेको समेत हेल्भेटासले आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा स्वीस सरकारको विकास सहयोग एसडिसी र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड)ले सहयोग गरेको छ ।

 

पछिल्लो पाँच वर्षको अन्तरालमा उसले नेपालका ७० हजार युवालाई सीप सिकाई रोजगारीमा सहभागी गराएको छ । हेलभेटास स्वीस इन्टर कोअपरेसन नेपालले विभिन्न १२१ वटा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विपन्न गरिब, एकल महिला तथा पिछडिएका वर्गलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका टोली नेता बलराम पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई पशु स्वास्थ्य सहायक, कृषि स्वास्थ्य, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकललगायतका क्षेत्रमा तालिम दिइएको पौडेलले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :