बगरे खेतिका लागि अभिमुखिकरण

यो समाचार 209 पटक पढिएको

कपिलवस्तु,   ६ फागुन/ वाणगंगा नदीको आसपासमा नदि कटानबाट बचेको बगरमा तरकारी खेती लगाई आयआर्जन गर्नका लागि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
Vegetablenewsagrocomपिस नेपाल कपिलवस्तुको आयोजना र कारितास नेपालको सहयोगमा जिल्लाको धनकौली गाविसमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । वगरे खेतीका लागि वाली लगाउने समय आएको हुँदा उन्नत तरिकाले खेती लगाउन प्रोत्साहन गर्न उक्त कार्यक्रम राखिएको संस्थाले जनाएको छ ।

 

कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्सेद अहमद खांले नदीको कटानवाट बचेको जग्गाबाट किसानले हिउँद समयमा थोरै मात्र मेहनत गरेमा त्यसबाट मनग्गे आम्दानी लिन सकिने बताए । साथै त्यसका लागि उपयुक्त बीउ र प्रविधि अनुसार तरकारीलगायत अन्य वालीहरु लगाउन सकिने बताए ।
जिल्लाको धनकौली, कोपवा, महाराजगंज, सौराहा, हरदैनालगायतका गाविसका किसानलाई बगरे खेती गर्न आवश्यक जग्गा भएको समेत खांले वताए । त्यस्तै, कार्यक्रममा बोल्दै कारितास नेपालका झक्कु प्रसाद चौधरीले प्रकोप हुन सक्ने ठाउँका किसानहरुका लागि आयआर्जनमा सहयोग गर्न आफुहरु तयार भएको र त्यसमा किसानहरु सहभागी भई आयआर्जन गर्न आग्रह गरेका थिए ।

 

सोही अवसरमा संस्थाका अध्यक्ष सदानन्द चौधरी, सचिव शुभाकान्त भुषाल, वागवानि अधिकृत टिकाराम पोख्रेल लगायतले वगरे खेती र यसका सम्भावनाका बारेमा आफ्ना धारणा राखेका थिए । नवलपरासी र कपिलवस्तुका ६० जना किसनानहरुको सहभागितामा भएको कार्यक्रममा वगरमा उब्जनी हुने तरवुजा, खरवुजा, लौका फर्सी, काक्रालगायतका वालि लगाउने तरिका र विधिहरुको बारेमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :