कञ्चनपुरमा पहिलो पटक केराखेतीको बिमा

यो समाचार 282 पटक पढिएको

कञ्चनपुर, ६ फागुन /कञ्चनपुरमा पहिलो पटक केराखेतीको बिमा शुरु गरिएको छ । केराखेती गर्ने व्यवसायीहरुको लगानी सुरक्षित गर्ने उदेश्यका लागि केराखेतीको पहिलो पटक कञ्चनपुरमा बिमा गरिएको हो ।

BAnananewsagro

केराखेतीको विस्तार बढेसंगै बिमा शुरु गरिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा एक गाँउ एक उत्पादन समितिका संयोजक गणेश दत्त जोशीले जानकारी दिनुभयो । व्यवसायिक केराखेतीको लगानी सुरक्षित र केराखेती कृषकको जोखिम न्यूनिकणकामा बिमाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक जोशीले बताए ।

 

कञ्चनपुरमा छ जना केराखेती कृषकहरुले बिमा गरेका छन । उनीहरुले नेपाल लाईफ ईस्स्यारेन्स कम्पनी लिमिटेडमा केराखेतीको बिमा गरेका हुन । नेपाल लाईफ ईस्स्यारेन्स कम्पनी लिमिटेड धनगढी शाखा प्रमुख रमेश थापाले पहिलो पटक कञ्चनपुरका छ जना कृषकहरुले बिमा गरेका छन । भीनपा १०जिमुवाका सुरज सिह साउद, कृष्णपुर  ५ का सुरेन्द्र कुमार चौधरी, कृष्णलाल ढगौरा, रामपुरविलासपुरका करम सिह राना, दैजीका नन्द कुमार राना र जोगि रानाले केराखेतीको बिमा गरेका हुन ।

भीनपा १०जिमुवाका साउदले ११लाख,३५हजार ४३, कृष्णपुरका सुरेन्द्र कुमार चौधरीले ३लाख,११हजार ८सय २५, कृष्णपुरकै कृष्णलाल ढगौराले १ लाख, १८हजार, रामपुरका करम सिह रानाले ५लाख , ६१ हजार, २ सय ५०, दैजीका नन्द रानाले ८लाख र दैजीकै जोगी रानाले ३लाखको बिमा गरेका हुन ।

 

सबैले पहिलो किस्ता बराबरको प्रिमियम रकम तिरिसकेको सो बिमा कम्पनीले जनाएको छ । कुल लागतको ५०प्रतिशत सरकारले तिर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको कृषि विकास कार्या क्षतिपूर्ती कम्पनीले बेर्होने छ । बिमा कार्यक्र्ममले केराखेती कृषकहरुलाई फाईदा हुने कृषि विकास कार्यालयको ठहर छ । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बालि विकास लयका बालिविकास अधिकृत रामचन्द्र भट्टले जानकारी दिनुभयो । बिमाको अवधि एक वर्षको हुने र एक वर्षको अवधिमा कृषकको लगाएको पुरै केरा नष्ट भए ९०प्रतिशत अधिकृत भट्टका अनुसार हाल कञ्चनपुरमा २सय हेक्टर जमिनमा केरा खेती गरिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :