किसानको दुधको मूल्य बढाइयो

यो समाचार 286 पटक पढिएको

काठमाडौं, ६ फागुन। दुग्ध विकास संस्थान(डिडिसी) ले उपभोक्तालाई मार नपर्ने गरी किसान दुधको मूल्यमा बृद्धि गरेको छ। डिडिसीले प्रतिलिटर दुधमा थप दुई रूपैयाँ उपलब्ध गराउने सहमति जनाएको छ। केन्द्रीय दुग्ध सहकारी संघ र डिडिसीबीच सोमबार भएको दुईपक्षीय वार्ता पश्चात प्रतिलिटर दुधमा दुई रूपैयाँ बढाउने सहमति भएको हो।

Milkडिडिसीले किसानलाई यसअघि चार प्रतिशत चिल्लोपना तथा आठ प्रतिशत चिल्लोपना वाहेकको ठोस पदार्थ भएको प्रति लिटर दुधलाई ३२ देखि ३३ रूपैयाँ उपलब्ध गराउदै आएको थियो। दुई रूपैयाँ थपपछि किसानले प्रतिलिटर ३४ देखि ३५ रूपैयाँ पाउने भएका छन्। डिडिसीले किसानलाई थप रकम दिने सहमति जनाएपनि उपभोक्ता मूल्यमा कुनै बृद्धि गरिएको छैन्। उपभोक्ताले पहिलेकै मूल्यमा दुध खरिद गर्न पाउनेछन्। ‘यो सहमति फागुन १ गतेदेखि लागु हुने गरी कार्यान्वयनमा ल्याइएको छ,Ó डिडिसीका प्रवक्ता गिरिधर बज्राचार्यले भने।
उनकाअनुसार सरकारले पूर्णता नपाएकाले किसानलाई मार नपर्ने गरी तत्कालका लागि ‘राहत प्याकेजÓ अन्तर्गत प्रतिलिटरमा दुई रूपैयाँ अतिरिक्त रकम दिने सहमति भएको हो। यो सहमति आगामी २० दिनका लागि मात्रै गरिएको हो। ‘थप मूल्य दिने बिषयमा निर्णय गर्ने अधिकार सरकारले गर्ने हो,Ó उनले भने,’तर सरकारले पूर्णता नपाएकाले संस्थानले आफै घाटा खाएर आन्तरिक श्रोतबाट थप रकम दिने निर्णय गरिएको हो। सरकारले पूर्णता पाएपछि बजार मूल्यअनुसार दुध खरिद मूल्यमा समायोजन गरेर नयाँ खरिद मूल्य समायोजन गरिनेछ।Ó

 

संघका उपाध्यक्ष बाबुराम अधिकारीकाअनुसार दुवैबीच सहमति भएपछि तत्कालका लागि पूर्व निर्धारित विरोधका कार्यक्रमहरू स्थगित गरिएको छ। उनले भने,’हामीले लागत मूल्यअनुसार प्रतिलिटरमा चाररूपैयाँस म माग गरेका थियौं। डिडिसीले सरकारको निर्णय नआउन्जेलस म तत्कालका लागि राहत प्याकेजमा प्रतिलिटरमा दुईरूपैयाँ उपलब्ध गराउने सहमति जनाएकाले हामीले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छौं। आगामी २० दिनपछि सरकारी निर्णय नआएपछि आन्दोलनलाई पुन: निरन्तरता दिन्छौं।Ó संघले गत माघ २० गतेदेखि मूल्य बृद्धिको माग गर्दै लैनचौरस्थित डिडिसीको केन्द्रीय कार्यालयमा विभिन्न चरणमा आन्दोलन गर्दै आएको थियो।
सरकारले दूधको मूल्य प्रतिलिटर करीब ५ रूपैयाँ बढाउने गृहकार्य गरेको थियो। किसानलाई पशुपालनतर्फ आकर्षित गर्न तथा दूध आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले दुधको मूल्य वृद्धि गर्न लागिएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए । उनको नेतृत्वमा गठन भएको कार्यदलले पाँच विकास क्षेत्रको बजारको अध्ययन गरेर कृषि विकास मन्त्रालयलाई पाँच रूपैयाँस म बढाउन सकिने भन्दै प्रतिवेदन दिएको थियो। परिवर्तनको संघारमा रहेको सरकारका कारण उक्त प्रतिवेदनको सुझावअनुसार मूल्य बृद्धि हुन नसकेको बोर्डले जनाएको छ।

 

 

डिडिसीले दैनिक करिब ४ लाख लिटर दुध ४० भन्दा बढी जिल्लाका किसानबाट संकलन गर्दैआएको छ। दूधको उत्पादनमा कमी आउदा डिडिसीले अहिले दैनिक पटनास्थित सुधा डेरीसँग ३४ हजार लिटर र निजी क्षेत्रले विहारका विभिन्न डेरीहरूबाट ६० हजार लिटर दुध खरिद गरेर भित्र्याउदै आएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :