पढेर आयोग होईन, तरकारी खेती

यो समाचार 121 पटक पढिएको

रुकुम, ५ फागुन । तपाई पढेर के गर्नु हुन्छ ? आयोग तथा अन्य कार्यालयहरुमा जागिरको खोजी ? जसमा तपाई कुनै प्राबिधिक बिषय लिएर पढ्नुहुन्छ भने कि सोहि बिषयमा आयोगमा नाम निकाल्ने कसरत त कि अन्य संघसंस्थामा सानोतिना जागिरका लागी भौतारिने । तर पढेका सबैले जागिरै ताक्दैनन् । केहि युवा हाम्रो समाजमा यस्ता पनि छन जसले प्राबिधिक शिक्षा लिएर आफुले सोहि क्षेत्रमा व्यवसाय गर्ने । प्राविधिक शिक्षा पढेर यस्तै उदाहरणको पात्र छन रुकुम दुली कोटगाउँका एक युवा ।
पढेर आयोग होईन, तरकारी खेतीउनी हुन २३ बर्षिय युवा कृषक विजयराज पुन । उनले ३ बर्ष पहिले जिल्लाकै कृषि क्याम्पस खोलागाउँमा १५ महिने कृषि जेटिए पढे । उक्त कोर्ष पास गरिसकेपछि उनी कुनै आयोगमा नाम निकाल्ने तथा संघसंस्थामा जागिरका लागी धाएनन् । बरु केहि साथीहरु संग सल्लाह गरेर व्यवसायिक तरकारी खेती गर्ने सोच बनाए र साथीहरुसंग खेती गर्ने टुंगो पनि लाग्यो । सोच भएर मात्र के गर्ने उनको गाउँ कोटगाउँमा न तरकारी गर्ने ठाउँ थियो न त तरकारी खपत हुने नजिकमा बजार । तरकारी खेती गर्ने निधोमा पुगेपछि उनलाई ठाउँ तथा खपत हुने बजार गाउँमै हुनुपरेन ।

 

उनले सदरमुकाम खलंगा घुम्न आएको बेला पिपलनेटामा पुगे । जग्गा हेरे र भाडामा तरकारी खेतीका लागी ८ रोपनी जग्गा वार्षिक ४० हजार रुपैयाँमा पनी सम्झौता गरे । उनीको घर जिल्लाको दुर्गम गाउँ कोटगाउँमा भएपनि अहिले उनले सदरमुकाम खलंगा नजिकैको पिलनेटामा जग्गा भाडामा लिएर तरकारी खेती र कोठा भाडामा लिएर आफु बसिरहेका छन । उनको बारीमा अहिले प्रायः सबै प्रकारका तरकारी छन । उनका अनुसार तरकारी खेती गरेको केहि समयपछि साथीहरु जागिर लागेर तरकारी खेती छोडेपछि उनी अहिले एक्लै पुरै तरकारी खेतीमा दिनरात लागि पर्दछन ।

 

‘तरकारी खेतीबाट म सन्तुष्ट छु, आम्दानी पनि राम्रै भैरहेको छ’ उनले भने, ‘तर ब्यबस्थीत तरकारी बजार नभएका कारण कुनैबेला राम्रो मुल्य र कुनैबेला सस्तो मुल्यमा तरकारी बेच्ने बाध्यता रहेको छ ।’ जिल्लामा बजार व्यवस्थित नहुँदा थोरै तरकारी लगाएका कृषकहरुले सस्तोमा तरकारी बिक्रि गरिदिदा ब्यबसायिक ठुलो खेती गरेकाहरुलाई मार पर्ने गरेको छ । खेती गरेको शुरुमै उनले धेरै कमाउने लक्ष राखेका पनि छैनन र कमाएका पनि छैनन तर पढेर जागिर मात्र होईन ब्यबसायमा पनि लाग्न सकिन्छ भन्ने मात्र उदाहरण दिन उनले चाहेका हुन ।

 

उनी दैनिक दिन बिहान बारीमा लगाएको तरकारी बेच्न खलंगा जान्छन र दैनिक हजार भन्दा कम कहिलै ल्याउदैनन् । आफ्नै देशमा तरकारी खेती गर्नु आम्दानीको कुरा मात्र नभई स्वाभिमान पनि जोडिएकोले तरकारी खेतीमा आकर्षिक युवाहरुलाई सरकारले समयमै आबश्यक मल, बिउ तथा अनुदानको ब्यबस्था सगै बजारीकरणमा पनि ध्यान दिनुपर्ने उनले बताए । ‘म जागिर भन्दा आफै तरकारी खेती गरेर आम्दानी गर्ने ईच्छा छ, तर यस क्षेत्रमा काम गर्ने निकायहरुले पनि हामीहरुलाई हरेक क्षेत्रमा सहयोग गर्नुपर्याे’ उनले भने ‘कतै संघसंस्थामा जागिरै खोज्ने हो भने पनि जो आफ्नो छ यसैलाई हुन्छ, हामी सोझासिधा युवाले त खेती गरेनै धोका पाईदैन ।’

 

उनले अझै राम्रो उत्पादन हुने माटो भएको अरु ठाउँ समेत खेतीका लागी खोजीरहेका छन । उनी त एउटा उदाहरणका पात्र मात्र हुन यस्तै सोच भएका धेरै युवाहरु अरु पनि हाम्रो गाउँघरमा छन ।  जसले सबै पढेर जागिर तथा बिदेश मात्र ताक्दैनन् बरु आफ्नो शिक्षा ,सकारात्मक सोच  र जाँगर आफ्नै माटोमा लगाउन चाहने अरु पनि छन । तर यसलाई संस्थात गर्न सरकार तथा यस क्षेत्रमा काम गर्ने निकायहरुले उनीहरुलाई हौसला र सहयोगको अबश्य खाँचो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :