पशु सेवा विभागमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र

This post has already been read 231 times!

काठमाडौं,  ३ फागुन/  पशु सेवा विभागले क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागु गरेको छ । विभागअन्तर्गतका सवै निकायहरुमा यही फागन १ गतेदेखि लागु हुने गरी क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागु गरेको हो ।

PashuNewsagrocomपशु सेवा कार्यालय ललितपुरमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागु भएको घोषणा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले बडापत्र कार्यान्वयन जोड दिए । उनले कृषि क्षेत्रबाट नै मूलुकले छिटो आर्थिक विकास गर्ने भन्दै पशुपालनको विकास र विस्तारका लागि पशुको नस्ल सुधार आवश्यक भएको बताए ।

कृषिप्रधान मुलुक मासु, खाद्यान्न तथा फलफुल लगायतका कृषिजन्य वस्तुसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था लाजमर्दो भएको भन्दै सम्वद्ध अधिकारीहरुलाई कृषिमा आत्मर्निभर हुने खालका कार्यक्रम सञ्चालन गर्ी युवाहरुलाई कृषितर्फ आकर्षित गर्न आग्रहसमेमत गरे । खाद्यन्नमा उन्नत जातको विउ नहुन र पशुमा नस्ल सुधार नगर्दा दूध उत्पादन बढ्न नसक्ने कारणले गर्दा किसानको उत्पादन लागत बढेकाले किसानहरु यो क्षेत्रबाटै पलायन हुने अवस्था आएको उनको भनाइ थियो ।
नेपालमा वार्षिकरुपमा भारतको लखनउबाटमात्रै मासुका लागि १६ अर्बको खसीबोका आउने गरेको तथ्यांक प्रस्तुत गर्दै स्वदेशमै उन्नत जातको बाख्रापालन गरेर खसीबोका आयातलाई प्रतिस्थापनगर्ने तर्फ लाग्नुपर्ने बताए । नेपालमा दूध तथा दूग्ध जन्य पदार्थको तुलनामा माछामासुको बढी खपत हुने गरेका कारण दूध उत्पादन बढन नसकेको बताए ।

उनका अनुसार थानकोट नाकाबाट दैनिकरुपमा ३ सय ट्रक रागाँ तथा भैसी राजधानी भित्रिने गरेका छन् । गाइभैसी निर्यातमा रोक लगाएका कारण राजधानी भित्रिने अधिकासं रागा तथा भैसी नेपालकै भएकोले पनि दूघ उत्पादन बढ्न नसकेको उनको भनाइ थियो । मम तथा मासुका लागि दूघ दिने भैसीभन्दा थारो भैसी बढी मूल्यमा बिक्री हुने गरेको किसानले थारो भैसी पाल्ने छाडेको पनि उनले बताएका छन् ।
सो अवसरमा कृषि विकास मन्त्रालयका निमित्त सचिव डा. प्रभाकर पाठकले कृषि क्षेत्रको विकासका लागि ७५ प्रतिशतले बजेट बृद्धि गरेपनि सो अनुसारको परिणाम नआएको भन्दै परिणाम देखिने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । क्षतिपूर्तिसहितको नागरिक बडापत्र कार्यान्वयनमा जोड दिँदै उनले सबैभन्दा बढी गुनासा आउने पशुसेवा विभाग अन्तर्गत कार्यालयमा नागरिक बडापत्र लागु भएपनि सेवाग्राही गुनासा न्युनीकरण हुँदै जाने विश्वास व्यक्त गरे ।

कृषि विकास मन्त्रालयअन्तर्गत यसअधि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभागमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र लागु भइसकेको छ । पछिल्लोपटक क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागु भएको पशु सेवा विभागअन्तर्ग नेपालभर ८४ वटा कार्यालय रहेको विभागले जनाएको छ ।