१० करोडको लगानीमा लङ फुड प्रालि

This post has already been read 176 times!

  •  चीनतर्फ मासु निकासी प्रमुख लक्ष्य
  •  एक महीनाभित्र सञ्चालनमा आउने

 

  • सुजन ओली

वर्दिया (गुलरिया), ३ फागुन । बर्दियाको गुलरिया नगरपालिकामा आगामी एक महीनाभित्र चाइना लङ पूmड प्रालि सञ्चालनमा आउने भएको छ । नेपालबाट उत्पादित पशुको मासु उच्च गणस्तरीय हुनु तथा चीनबाट नेपालको मासु अत्यधिक माग भएकाले उद्योग सञ्चालनमा ल्याउन लागिएको हो । ‘नेपालमा उत्पादित मासु चीनमा परिक्षण गर्दा हाइजनिक पाइएकाले मिट प्रोशेसिङ इण्डष्ट्रिज सञ्चालनमा ल्याउन लागिएको हो,’ प्रालिका म्यानेजर पासाङनोर्पू तामाङले अभियानसँग भने, ‘यो उद्योगमा चिनीयाँ व्यक्तिहरूको लगानी रहेको छ, ।’

 

CChina-lung-food-industriesNewsagrocom

चीनीयाँ प्रविधिमा निर्माण गरिएको सो उद्योग एक महीनापछि सञ्चालनमा आउने बताइएको छ । उद्योगले यसअघि नै परिक्षणको रुपमा २० ओटा रागाँ काटेर चीनमा मासु पठाएको थियो । भियतनामको ल्यावमा मासु परिक्षण गर्दा नेपाली उत्पादन गुणस्तरीय भएपछि चीनले थप मासु लैजानका लागि उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागेको हो । तामाङ्का अनुसार नेपालमा मासु परिक्षण गर्ने ल्यावको अभाव भएपछि भियतनाम लैजानु गर्नुपर्ने बाध्यता छ ।
‘हाल कम्पनीले कष्ट्रक्शनको निर्माण कार्य पूरा गरिसकेको छ,’ तामाङले भने, ‘गुलरिया नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) उपलब्ध गराउना साथ उद्योग सञ्चालनमा आउछ, ।’ नगरपालिकाका प्रमुख अर्जुन लम्सालले छिटोभन्दा छिटो इआइए रिर्पोट बुझाउने तयारी गरेको बताए ।

उनका अनुसार चाइाना लङ फूड प्रालि र नगरपालिकाले २० वर्षको लागि दुइ पक्षीय सम्झौता गरेको छ । सम्झौतामा बर्दिया जिल्लामा आवश्यक मासुको मागलाई पूरा गरेपछि मात्र चीनतर्फ मासु निकासी गर्न पाइने उल्लेख गरिएको छ ।

करीब ५ कठ्ठा जमीनमा सञ्चालित उद्योगले दैनिक १ सय देखि १ सय ५० ओटासम्म रागाँ स्लटर (काट्न) सक्ने तामाङ्ले जानकारी दिए । काटिएको मासु ८ घण्टा ब्लाष्ट फ्रोजन पछि मासु परिक्षणका लागि भियतनाम लैजाने गरिन्छ । भियतनामबाट रिर्पोट आएपश्चात चीनतर्फ मासु निकासी हुने कम्पनीले बताएको छ । नगरपालिकाका प्रमुख लम्सालका अनुसार सरकारी जग्गा उपलब्ध गराएवापत वार्षिक ५ लाख लिनेछ ।
कम्पनीमा जडान गरिएको सम्पूर्ण मेशीन चीनबाट आयात गरिएको कम्पनीको भनाइ छ । कम्पनीले सरकारी मापदण्डअनुसार स्लटरका लागि ल्याइएको रागाँ एकरात फाष्टिङ (भोकै) गराउने बताएको छ । कम्पनीलाई आवश्यक पर्ने रागाँ बर्दिया, बाँके, सुर्खेत, कैलाली, जाजरकोट, अछामलगायतका जिल्लाबाट ल्याउने बताइएको छ । उद्योग सञ्चालनमा आएपछि ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने तामाङ जानकारी दिए ।

ओली अभियान दैनिकसंग सम्बद्ध छन्