सिन्धुलीमा अलैँची खेती फस्टाउन सकेन

This post has already been read 145 times!

सिन्धुली,  २ फागुन / सिन्धुलीमा अलैँची खेतीको प्रचुर संभावना भए पनि यसको खेती फस्टाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । उनिहरुमा चेतना र अलैची खेती सम्बन्धि प्रविधिक ज्ञान नहुँदा सम्भावित क्षेत्रहरुमा अलैचि खेती हुन नसकेको हो ।

सिन्धुलीमा अलैँची खेती फस्टाउन सकेनअहिले सिन्धुलीको रतनचुरा, तीनकन्या, महादेवडाँडा, जलकन्या लगाएत महाभारत क्षेत्र आसपासका गाविसहरुमा मात्रै आंशिक रुपमा अलैचि खेति हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार महाभारत आसपासका अन्य गाविसहरुमा समेत यस खेतीको प्रसस्त सम्भावना रहेको छ ।

जिल्लामा ३ सय हेक्टर भन्दा बढि जमिनमा यसको ब्यबसाय गर्न सकिने भएपनि हालसम्म १८ हेक्टरमा मात्र अलैचि खेति भएको छ । अधिकांश किसानहरुले आंशिक रुपमा यसको खेति गर्ने गरेका छन् । अलैचिको असार र साउन महिनामा वेर्ना सार्ने उचित समय भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका वालि संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिए ।

मौसमले साथ दिए भदौसम्म पनि यसको वेर्ना सार्न सकिने उनको भनाइ छ । स्वस्थ वेर्ना सारेमा यसवाट राम्रो आम्दानि हुने भएकाले यसपटक छुटेका किसानहरुलाई अर्काे पटक समयमानै वेर्ना सार्न किसानहरुलाई अधिकारीले अनुरोध समेत गरे । अहिले किसानहरुले आंशिकरुपमा खेति गरे पनि बार्षिक ३० हजार देखी १ लाख ५० हजार सम्म आय आर्जन गर्ने गरेका छन् ।