केन्द्रीय दुग्ध सहकारी संघद्वारा आन्दोलनको घोषणा

यो समाचार 202 पटक पढिएको

काठमाडौं, २६ माघ / केन्द्रीय दुग्ध सहकारी संघले दूधका मूल्य बृद्धिको माग गर्दै आन्दोलनको घोषणा गरेको छ। संघले पत्रकार स मेलनको आयोजना गरेर शनिबार आन्दोलनको घोषणा गरेको हो।

Milk

तीन बर्षदेखि दूधको मूल्य नबढ्दा किसानहरू मारमा परेको जानकारी गराउदै संघले तत्कालै मूल्यमा बृद्धि गर्नुपर्ने माग रा दै आगामी सोमबारदेखि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रमअनुसार आगामी सोमबार विहान दशदेखि १२ बजेस म, मंगलबार दशदेखि एकबजेस म र बुधबार दशदेखि दुईबजेस म दुग्ध विकास संस्थान(डिडिसी) को केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन्। ‘हामी त्यही अवधीमा जिल्लाहरूमा दुग्ध वितरण आयोजनाको कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तय गरेका छौं,Ó संघका अध्यक्ष माधव कोइरालाले भने। उनकाअनुसार यो विरोध कार्यक्रम पश्चात पनि सरकारले मूल्य बृद्धितर्फ चासो नदेखाएमा आगामी फागुनदेखि दोश्रो चरणको आन्दोलन सञ्चालनमा ल्याइनेछ।

 

दानाको बजार मूल्य बढेको, गाईभैसीलाई खुवाउन प्रयोग हुने घाँसपात पर्याप्त मात्रामा नपाइएको र महँगी बढ्दै गएका कारण किसानलाई निक्कै घाटा भएकाले मूल्य बृद्धिको माग गर्दै संघले गत २० गते मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए। किसानले लगानीअनुसार प्रतिफल नपाउदा उत्पादक पलायन हुँदै गएको उल्लेख गर्दै संघले पाँचदिन भित्र मूल्य बृद्धि नगरिए शान्तिपूर्ण आन्दोलनमा जान बाध्य हुने भन्दै अध्यक्ष रेग्मीलाई ज्ञापन बुझाएका थिए। ‘हामीले दिएको समयावधिमा सरकारले कुनै चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्नुपरेको हो,Ó संघका उपाध्यक्ष बाबुराम अधिकारीले भने।

 

किसानले लागत मूल्य नपाउदा स्वदेशमी धेरै दूध उत्पादन हुने अहिलेको समयमा दूधको चर्को अभाव भएको जानकारी गराउदै उपाध्यक्ष अधिकारीले भने लागत खर्च घटाउन सरकारले घाँसको उत्पादन बढाएर पशु स्वास्थ्य र दाना खरिदमा आवश्यक अनुदान उपलब्ध गराउनुपर्ने औल्याए। उनले पछिल्लो समयमा इन्धन, पेट्रोलियम पदार्थ, ढुवानी, ब्याजलगायतका क्षेत्रमा पनि मूल्य बृद्धि भएकाले तत्कालै मूल्यमा बृद्धि गर्नुपर्ने बताए।

 

‘हामी आफै महँगोमा कच्चा पदार्थ खरिद गरेर घाटामा दूध उत्पादन गर्दैआएका छौं, पछिल्लो समयमा दुग्धजन्य पदार्थ घ्यु, पनिर, चिज, मिठाईलगायतको मूल्य बृद्धि भएपनि किसानले पाउनुपर्ने कच्चा दूधको मूल्यमा भने कुनै बृद्धि गरिएको छैन,Ó उनले भने। संघले दूध उत्पादक किसानले लागत मूल्यअनुसार प्रति लिटरमा ४२ रूपैयाँ पाउनुपर्ने माग अघि सारेका छन्। किसानले हाल प्रति लिटरमा ३२ देखि ३३ रूपैयाँ

रचनात्मक प्रतिक्रिया दिनुहोस् :