डेरी एसोसिएसनको साधारणसभा सम्पन्न

This post has already been read 107 times!

प्रतिष्ठानकर्मी पत्रकार अधिकारी सम्मानित
काठमाडौं,  २६ माघ । नेपाल डेरी एसोसिएनको १५ औं साधारणसभा चितवनमा शुक्रबार सम्पन्न भएको छ ।ajit Adhikari, Newsagrocom
दुधको मूल्यवृद्धि तत्काल गर्ने वा नगर्ने भन्ने चर्चाका बीच सम्पन्न एसोसिएसनको साधारणसभामा राष्टिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबूकाजी पन्तले मूल्यवृद्धिका बारेमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
‘हामीले दुधको मुल्यवृद्धि गर्ने बारे अध्ययन गरेर प्रतिवेदन बुझाएको छौं, अब त्यसको कार्यान्वयन कृषि विकास मन्त्रालय तहबाट हुनुपर्छ’ उनले भने । कार्यक्रममा एसोसिएसनका अध्यक्ष मेघराज घण्डारीले लागत बढ्दै गएकाले दुधको मूल्यवृद्धि हुनुपर्ने बताए ।
उनले किसान र व्यवसायीको दुवैको लागत उच्च भएकाले मूल्यवृद्धि गरी किसान र व्यवसायीलाई राहत दिन सरकारले ढिला गर्न नहुने बताए । ‘किसान र व्यवसायीको उत्पादन तथा प्रशोधन लागत बढेकाले दुधको मुल्यवृद्धि हुनुपर्छ’ उनले भने ।
एसोसिएसनले साधारणसभाको अवसर पारेर कृषि पत्रकार प्रतिष्ठानका कार्यसमिति सदस्य अजित अधिकारीलाई सम्मान पनि गरेको छ ।
नयाँ पत्रिका दैनिकमा आवद्ध अधिकारीले कृषि र दुग्ध क्षेत्रका समस्या बारे संचारमाध्यममा ल्याई सहयोग पु¥याए बापत सम्मान गरेको एसोसिएनका महासचिव प्रह्लाद दाहालले जानकारी दिए ।

संचार क्षेत्रका एक जनालाई प्रतिनिधिलाई एसोसिएसनले यसपटक देखी सम्मान शुरु गरेको हो । ‘संचार क्षेत्रका एक जना संचारकर्मीलाई सम्मान गर्ने सोच अनुसार अधिकारीलाई छनौट गरेका हौं’ महासचिव दाहालले भने ।
एसोसिएसनले आधा दर्जन दुग्ध किसान र यवसायीलाई पनि सम्मान गरेको छ । दाहालका अनुसार झापा स्थित रितिका डेरी उद्योगका योगेन्द्र चिमोरियो, काभ्रे स्थित चामुण्डा डेरी फार्मका हरीप्रसाद सापकोटा, रुपन्देही स्थित शिवगंगा डेरी उद्योगका हिराबहादुर केसीलाई सम्मान गरेको छ । त्यस्तै दुग्ध किसानतर्फ मिनप्रसाद ढुङ्गाना र खेमराज तिमल्सिनालाई सम्मान गरेको एसोसिएसनले छ । अधिकारीलाई नेपाल कृषि पत्रकार प्रतिष्ठानको तर्फबाट हार्दिक बधाई छ ।