कालिमाटी तरकारी बजारको बार्षिकोत्सव

यो समाचार 183 पटक पढिएको

काठमाडौं, माघ २५  / कालीमाटी तरकारी तथा फलफूल विकास समितिले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।Blood

शुक्रबार समिति परिसरमा आयोजित रक्तदान कार्र्यक्रममा कर्मचारी र व्यवसायी गरी एक सयभन्दा बढीले रक्तदान गरेको समितिले जनाएको छ । सो अवसरमा समितिका अध्यक्ष मोहनबहादुर चापागाईसमेत रक्तदान गरेका थिए ।

रक्तदानका लागि १४४ जनाले नाम दर्ता गराएका थिए । सोही अवसरमा समितिले सूचना केन्द्रको पनि सुभारम्भ गरेको छ । समितिको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा आश्रम केन्द्र्रहरुमा निशुःल्क तरकारी वितरणलगायत कार्यक्रम पनि सञ्चालन गरिने अध्यक्ष चापागाइले जानकारी दिए । समितिले यही फागुन १ विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव मनाउने भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :