आयआर्जनको माध्यम बन्दै गोलभेडाखेती

This post has already been read 147 times!

 कीर्तिपुर, माघ २५ । काठमाडौँ पश्चिमभेगस्थित वाडभञ्ज्याङ र यस आसपासका क्षेत्रमा गोलभेडाखेती आयआर्जनको महत्वपूर्ण माध्यम बन्दै गएको छ ।Tomato, Newsagrocom

गोलभेडाखेतीबाट राम्रो आम्दानी हुने गरेसँगै यस क्षेत्रका बासिन्दाहरु व्यावसायिक गोलभेडाखेतीतर्फ आकर्षित बन्दै गएका हुन् । बजारमा गोलभँेडाको माग दिनप्रतिदिन बढिरहेका कारण कृषकहरु यसतर्फ आकर्षित बन्दै गएको स्थानीय कृषक दिनेश श्रेष्ठले बताउनुभयो ।

 

पछिल्लो समयमा काठमाडौँको कलङ्कीबाट भित्री बाटो नैकाप, बाडभञ्ज्याङ हुँदै थानकोटसम्म नियमित रुपमा यातायात सेवा सञ्चालनमा आएपछि यस क्षेत्रमा व्यावसायिक खेतीतर्फ कृषक आकर्षित बनेको उहाँले बताउनुभयो ।

 

 

उहाँका अनुसार पछिल्लो समयमा बाडभञ्ज्याङ क्षेत्रमा स्थानीयवासीका साथै बाहिरबाट आएर जग्गा भाडामा लिई खेती गर्नेको चाप पनि बढ्दै गएको छ । गोलभेडाखेतीबाट लगानीअनुसार अपेक्षित आम्दानी हुने गरेका कारण यस क्षेत्रमा गोलभेडाखेती पछिल्लो समयमा निकै बढेको जानकारी गराउँदै श्रेष्ठले यसका अतिरिक्त च्याउ तथा अन्य विभिन्न व्यावसायिक तरकारीखेती पनि फस्टाउँदै गएको उल्लेख गर्नुभयो । गोलभँेडालगायतका तरकारीको बढ्दो माग, बजारमा पहुँच विस्तार, यातयात सेवाको सुलभता आदिका कारण पनि व्यावसायिक कृषितर्फ आकर्षण बढ्दै गएको कृषकको भनाइ रहेको छ ।