छ करोड ५० लाखको कारोबार

यो समाचार 164 पटक पढिएको

धादिङ, माघ २५ । धादिङबेसीमा सञ्चालित बृहत् कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा रु छ करोड ५० लाखको कारोबार भएको छ ।

उद्योग वाणिज्य सङ्घ धादिङका महासचिव लोकनाथ डल्लाकोटीका अनुसार नौ दिनसम्म चलेको सो मेला एक लाख मानिसले अवलोकन गरेका थिए ।Krishi mela,Newsagrocom

मेला समापनका अवसरमा पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले धादिङ जिल्लाको कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै पर्यटन र जलस्रोतको प्रवद्र्धनका लागि मेलाले ठूलो सहयोग पु¥याएको बताउनुभयो ।

डा. महतले मुलुकको आर्थिक विकासका लागि अब बन्ने सरकारले नयाँ कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो । महोत्सवमा विभिन्न जातजाति र समुदायका संस्कृति र परम्परा झल्काउने पहिरनसहितको झाँकी तथा नृत्य प्रस्तुत गर्नाका साथै गुन्द्रुक ढिँडो, नेपाली ढाकाका उत्पादनहरु, दैनिक उपभोग्य सामान, कृषिजन्य तथा जडीबुटी आदि सामग्रीको बिक्री तथा प्रदर्शन गरिएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :