चौताराका किसान किवी खेतीतर्फ आकर्षित

यो समाचार 271 पटक पढिएको

चौतारा,  माघ २५ । सिन्धुपाल्चोक जिल्लाका किसान स्वास्थ्यका साथै आर्थिक दृष्टिकोणलेसमेत महत्वपर्ूण्ा रहेको किबीखेतीतर्फआकषिर्त भएका छन् ।

KIbi, Newsagrocomसुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षम्म उत्पादन दिइरहने र बजारकोसमेत अभाव नहुने भएपछि किसान सो खेतीतर्फआकषिर्त भएका हुन् । जिल्लाको लिस्ती गाविस- ६ निवासी अर्जुन सापकोटाले यस वर्षपाँच लाखको लगानीमा १० रोपनी जमिनमा १०० बोट किबीको बिरुवा लगाउनुभएको छ ।
नेपाल र चीन सिमाना जोडिएको सो गाविस निवासी सापकोटाले चिनीयाँ सामानको व्यापारभन्दा सो खेतीमा भविष्य राम्रो देखेपछि त्यसतर्फआकषिर्त भएको बताउनुहुन्छ ।

निकट भविष्यमा रु ६० लाख लगानी गरी १०० रोपनीमा खेती विस्तार गर्ने लक्ष्य रहेको बताउने सापकोटाले दोलखाको बोचस्थित बागवानी र्फमबाट बिरुवा झिकाई प्राविधिकको रोखदेखमा किबी लगाउनुभएको हो ।

त्यसैगरी जिल्लाको पश्चिम क्षेत्रमा पर्ने भोटेचौर र हैवुङ गाविसमा पनि केही उत्साही किसानको समूहले गत वर्षेखि किबीखेती गर्दै आएका छन् । सुनसरी जिल्ला निवासी दिनेशप्रसाद सिग्देलको सक्रियतामा भोटेचौर गाविसमा रु ८० लाखको लगानीमा ६० रोपनी जमिनमा किबीखेती गरिएको छ । सो खेतीका लागि १४ जनाको समूह बनाइएको छ । कम्पनी राजिष्ट्रारको कार्यालयमा समेत दर्ता भइसकेको र भोटेचौर एग्रिकल्चरल अर्गानिक भिलेज नामक संस्था स्थापना गरिएको छ । त्यसैगरी उनीहरुकै सक्रियतामा हैवुङ गाविसमा पनि ३४ जनाको समूह मिलेर रु दर्ुइ करोडको लगानीमा २२० रोपनी जमिनमा सो खेती गरिएको छ । उक्त समूहको सिन्धु हिमालयन अर्गानिक भिलेज नामक संस्था दर्ताको क्रममा रहेको बताइएको छ स्थापना गरिएको छ ।

दुवै ठाउँका लागि धुलिखेलस्थित निजी नर्सरीबाट प्रतिबिरुवा रु ३०० देखि रु ४०० मा खरिद गरेको किसान सिग्देलले बताउनुभयो ।

“आफू ३० वर्षघि राष्ट्रसंघको काम गर्दा दर्ुइ वर्षयुरोपमा बस्ने मौका पाउँदा किबी बारे जानकारी पाएको र छ वर्षअघि पनि पत्रिकामा देखेपछि त्यसतर्फबढी आकषिर्त भई यो खेती थालनी गरेको हँु ।” सापकोटा भन्नुहुन्छ ।

बिरुवा लगाएको तीन वर्षै उत्पादन दिने भए पनि बजारमा आउन भने चार वर्षलाग्दछ । यसको फल एविसि गरी तीन प्रकारको हुने हुँदा मूल्य पनि क्रमशः ३, ४ र ५ सय प्रति किलोमा बिक्री हुने गरेको र हाल विदेशबाट आउने ए ग्रेडको किबीको मूल्य भने प्रतिकेजी ९०० पर्ने सिग्देलले जानकारी दिनुभयो ।

त्यहाँ उत्पादित किबी फललाई जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको पनि उहाँ बताउनु हुन्छ ।

यसको खेती सिन्धुपाल्चोकका साथै दोलखा, काभ्रे, रामेछाप, नुवाकोट, मकवानपुर, इलामलगायतका जिल्लामा लगाइएको छ ।

नेपालमा किबी फलको सुरुवात २०४५ देखि भएको हो । यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्विस प्रोजेक्टमा कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले दोलखाको चरिकोटमा एक व्यक्तिको बारीमा र जिरी प्राविधिक शिक्षालयमा लगाएको किबी नै पहिलो भएको अनुसन्धानबाट थाहा भएको छ ।

किबी फलको विकासमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी -जाइका)को पनि भूमिका रहेको छ ।

हाल गोदावरीस्थित इसिमोड र्फम, दोलखाको बोज र्फम, जिरी, दामन र्फम, चित्लाङ तथा बागवानी केन्द्र कर्ीर्तिपुरमा प्रविधि विस्तार र बिरुवा उत्पादन गर्ने तयारीकासाथ काम भइरहेको छ ।

किबीखेती समुद्री सतहबाट एक हजार २०० मिटर देखि दर्ुइ हजार ४०० मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वषर्ामा पानी जम्न भने हुँदैन । बागवानी र्फम बोचका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपर्ूण्ा भूमिका रहेको हुन्छ । किबीका पोथी जातमा हेवाड, ब्रुनो, अलिसन, अव्वुट, मोन्टी, ग्रासी छन् भने भाले जातमा टुमोरी, माटुवा आदि नामका छन् ।

किबी फल ज्यादै पोषिलो र धेरै फल्नुका साथै उत्पादन प्रविधि सजिलो भइकन पनि बजारमुखी छ । एक पटक लगाए पछि ४०/५० वर्षलगातार फल दिन्छ । यसको फल अन्डा आकारको खैरो रङको मसिनो झुसले ढाकेको हुन्छ । लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा फूल फुल्ने र कात्तिक मङ्िसरमा टिप्न गोग्य हुन्छ ।

यसको फल ठूला होटेलमा बिक्री हुने गर्दछ । यो फलमा भिटामिन सि र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी पोषणयुक्त हुनुका साथै पेटसम्बन्धी रोगहरु न्यूमोनिया, दम, उच्च रक्तचाप, कोलेष्टोरल, मधुमेह जस्ता धेरै थरी रोगमासमेत उपयोगी हुने विज्ञहरु बताउँछन् ।

किबी फल नेपालमा भित्रिएको करिब तीन दशक भइसकेको छ । तर प्रचारप्रसारको अभावमा नेपाली जनमानसमा नौलो भएकाले खेती गर्न ढिला भए पनि अबका दिनमा किसानले यसको महत्व बुझन थालेको पाइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :