विदेशको कमाइले स्वदेशमा व्यवसाय

This post has already been read 180 times!

गोरखा ,  माघ २५  / विदेशमा कमाएको कमाइले गोरखाको च्याङली गाबिस ७ स्थित माझीगाउँका राजु कुमालले व्यवसायीक रुपमा पंक्षिपालन, मत्स्यपालन र पशुपालन शुरु गरेका छन् ।

युएईमा चारवर्ष काम गरी कमाएको रु. १९ लाखले लिटू पोल्टिफर्मGorkha, Newsagrocomखोलेर उनले बट्टाई चरा, माछापालन, बंगुर, लोकल (कालो) सुंगुर पालेका बताए ।छुट्टाछुट्टै खोर बनाएर उनले बट्टाई चरा, तीनवटा पोखरीमा माछा, चारवटा खोरमा बंगुर पालेको जानकारी दिए । ‘चारबर्षसम्म युएईमा दुःख गरे । अब, आफ्नै ठाउँमा दुःख गर्छु भनेर स्वदेश फर्किए अनि व्यवसाय गर्छु भन्ने सोच बनाएँ’ किसान कुमालले भने, ‘६ लाख लगानी गरेर बीरगञ्जबाट ८० वटा बट्टाई ल्याएँ । एक लाख ५० हजार खर्चेर खोर बनाएँ ।’

 

 

बट्टाईको चल्ला र अण्डा बिक्री गर्न थालेको उनले जानकारी दिए । ‘करीब तीनसय ५० वटा चल्ला बिक्री गरें’ उनले भने, ‘बाग्लुङ, बेनी, पोखरा, दमौली, गोरखा बजार, मुग्लिन, नारायणगढ लगायतका शहरमा बट्टाई बिक्रीका लागि लैजान्छु ।’ एउटा बट्टाईको चल्लालाई रु. दुई सय ५० मा बेचेको उनको भनाइ छ । ‘होससेल लैजानेलाई प्रतिचल्ला दुईसयमै दिन्छु’ कुमाल भन्छन्, ‘चल्ला बेचेरै अहिलेसम्म एक लाख ५० हजार कमाएँ ।’

बट्टाईको अण्डा भने घरैबाट बिक्री हुने गरेको उनले बताए । ‘प्रतिगोटा रु. १२ मा बिक्री हुन्छ’ उनले भने, ‘एउटा बट्टाईले एकपटकमा १० वटा अण्डा पार्छ ।’ साथै उनले चारवटा पोखरीमा ८० हजार वटा माछाको भुरा छाडेको उनको भनाइ छ । ‘एक लाख ६० हजार लगानी गरी पोखरी बनाएँ’ उनले भने, ‘चितवनको टाँडीदेखि माछाको भुरा ल्याएँको हुँ ।’ पोखरीको माछा करीब एक महिनापछि बिक्रीका लागि योग्य हुने उनले जानकारी दिए । यस्तै उनले चारवटा खोरमा उनले बंगुर पनि पालेका छन् ।

‘अब, लोकल सुंगुर पनि पाल्ने तयारी गरेको छु’ उनले भने, ‘अस्ट्रिज र टर्की चरा पनि पाल्ने सोच छ ।’ अस्ट्रिज पाल्नका लागि पंक्षि अनुसन्धान केन्द्र काठमाण्डौंमा सम्पर्क गरेको उनले जानकारी दिए । साथै उनले लोकल कुखुरा र हाँस पनि ब्यबसायीक रुपमा पाल्ने बताए । फर्मममा केही कामदारहरु थपेर एकबर्षभित्र फर्मलाई बिस्तार गरिसक्ने उनले जानकारी दिए । ‘अझै लगानी थप्ने योजनामा छु’ उनले भने, ‘फर्म अवलोकनका लागि स्वेदेशी, बिदेशी पर्यटक भित्राउँने सोच छ ।’