मेरीबास्सैका खड्काजी बंगुरको खोरमा

यो समाचार 265 पटक पढिएको

काम गर्ने जाँगरिला हातलाई अवसरै अवसर
काठमाडौं,   चुनावका बेला धेरै कलाकारहरु एमाओवादी, एमाले र कांग्रेसमा प्रवेश गरेको र भोट माग्दै हिँडेको देखियो । क्यासिनोमा जुवा खेल्न जाने कोही समानुपातिक सभासद बन्ने लाइनमा छन् । तर, नेपाल टेलीभिजनमा मेरीबास्सै हास्य श्रंखलाका चर्चित पात्र धुर्मुसलाई भने चुनावले छोएन । मुस्कान पासा, धुर्मुस, खड्काजी लगायतका भूमिकामा चर्चित सीताराम चुनावको चटारोका बेलामा पनि अबीर र माला लगाएर हिँड्नुको साटो बंगुरको खोरभित्रै व्यस्त हुनुभयो ।DSCF3661

हामीले चिन्ने गरेका हास्य कलाकार धुर्मुस अर्थात सीताराम कट्टेल यतिबेला बंगुरपालक किसान बन्नुभएको छ । काम गरेर खानुपर्छ भन्ने जाँगरिला मानिसहरुका लागि कलाकार सीतारामले उदाहरणीय कार्य गर्न थाल्नुभएको छ । कलाकार सीताराम कृषि पेशामा हात हालेको २ वर्ष भइसकेको छ । उहाँले ललितपुरको ठेँचुमा ०६८ असारदेखि बंगुरपालन व्यवसाय गर्दै आउनुभएको छ । नाताले साढु दाइ पर्ने मदन तिमिल्सिनासँग सहकार्य गरेर उहाँले ११ लाख रुपैयाँको लगानीबाट बंगुर पालन व्यवसाय शुरु गर्नुभएको हो ।

उहाँले खुमलटारस्थित कृषि अनुसन्धान केन्द्रबाट ७ वटा बंगुरका पाठापाठी ल्याएर व्यवसाय शुरु गर्नुभएको हो । अहिले उहाँको फार्ममा लगानी बढेर ३२ लाख रुपैयाँ पुगिसकेको छ भने पाठापाठी र माउ गरी बंगुरको संख्या ७० पुगेको छ । छिट्टै सयवटा पुर्‍याउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । ‘नेपाल एग्रीकल्चर फार्म हाउस’ दर्ता गरेर बंगुर पाल्न थाल्नुभएका सिताराम उक्त व्यवसायबाट निकै प्रफुल्लित देखिनुहुन्छ । ‘मलाई कलाकारिता गर्दा जति सन्तुष्टी मिल्छ, त्यति सन्तुष्टी बंगुर पालन व्यवसायबाट पनि मिलेको छ’  नेपाल कृषि पत्रकार प्रतिष्ठानसँग आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो – ‘किसानको छोरा, हाम्रो असली पेशा भनेको कृषि नै हो ।’

बंगुरबाट भएको आम्दानीलाई व्यवसाय विस्तारमा खर्चिदै आएको बताउँदै सीतारामले भन्नुभयो( ‘हामी यसलाई मुलुककै नमुना बंगुर फार्म बनाउने लक्ष्यसहित अगाडि बढेका छौं ।’ उहाँले फार्मबाटै बंगुरका पाठा(पाठी बेच्ने गर्नुभएको छ । आफ्नो फार्ममा पाठापाठी उत्पादन केन्द्र समेत रहेको बताउँदै उहाँले मासुका लागि भन्दा पनि पाठापाठी उत्पादनमा जोड दिएको बताउनुभयो ।

एक वर्षमा ७ सय वटा बंगुरका पाठा(बिक्री गरेको सीतारामका सहकर्मी मदन तिमिल्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार एउटा पाठाको मूल्य ३ हजार रुपैयाँदेखि ३५ सय रुपैयाँसम्म पर्छ । बंगुरले ३ महिना १५ दिनमा बच्चा जन्माउँछ । जुन बच्चाहरुलाई ४० दिन भएपछि बेच्न सकिन्छ । उहाँका अनुसार बंगुर ब्रिडिङ गराउँदा सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा हाडनाताको सम्बन्ध हो । बंगुरको जातमा आफ्नो पुस्ताको गर्भ रहेमा त्यसबाट जन्मिने बच्चा अपाङ्ग हुने, मर्ने र प्रतिफल नदिने खालका हुन्छन् ।

राम्रोसँग काम गर्ने हो भने नेपालमै बंगुर पालन व्यवसाय गरेर मनग्गे आम्दानी गर्न सकिने तिमिल्सिना बताउनुहुन्छ । उहाँका अनुसार उक्त फार्मबाट उत्पादित बंगुरका पाठापाठी ३५ भन्दा बढी जिल्लामा पुगेका छन् । उहाँहरुले गरिव र प्याकेजमा आउनेलाई सुलभ दरमा पाठा(पाठी उपलब्ध गराउने गरेको बताउनुभयो ।

पाठापाठी उत्पादन गर्ने र न्यून आयस्तर भएका वा विदेशिन लागेका सर्वसाधारणलाई स्वदेशमै बंगुरपालन व्यवसायमा सहभागी गराउने लक्ष्य राखिएको सीतारामले बताउनुभयो । आफ्नै प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था रहेको र ऋण खोजेर बंगुर पाल्न खोज्नेहरुलाई सहकारीमार्फत ऋण उपलब्ध गराएर समेत बंगुर व्यवसायमा सहभागी गराउने गरेको तिमिल्सिनाको भनाइ छ ।

हास्य कलाकारिता र कृषि पेशालाई सँग(सँगै अगाडि बढाइरहेका सीतारामले बंगुरलाई सबैभन्दा बढी खाने ९हन्तकाली० का रुपमा चित्रण गर्नुहुन्छ । समयमा खाना खुवाउन सकिएन भने राम्रो प्रतिफल हासिल नहुने हुँदा बंगुरको २४ घण्टा निगरानी गर्नुपर्ने उहाँको भनाइ छ । भर्खरै स्वस्थ देखिएको बंगुर केहीबेरमै एकाएक मर्ने समेत जोखिम हुन्छ ।

एउटा बंगुर ३ सय केजीसम्म हुने बताउँदै सीतारामले आफ्नो फार्ममा २ सय कीलोसम्मका बंगुर रहेको बताउनुभयो । उहाँका अनुसार एउटा बंगुरको ५० हजार रुपैयाँसम्म पर्छ । फार्ममा ७ रोपनी जग्गामा ३० वटा खोर बनाइएको छ । जुन खोरमा मासुका लागि ३ सय वटासम्म र ब्रिडिङका लागि सय वटासम्म बंगुर पाल्न सकिन्छ ।

बंगुर पाल्दा सबैभन्दा बढी खर्च दानापानीमै हुने हुँदा खर्चलाई कम गर्ने प्रयास गरिरहेको बताए । त्यसका लागि म्याद सकिएका पाउरोटी, तरकारी बजारको बिग्रेको तरकारी, खाद्यन्न मिलबाट निस्किएको पिना लगायतका खानेकुरा संकलन गरेर खुवाउने गरेको उहाँको भनाइ छ । बंगुरले समयमा खान नपाएमा आन्दोलन नै मच्चाउने गरेको अनुभव तिमिल्सिनाले व्यक्त गर्नुभयो ।

फार्ममा नेपाल सरकारले सिफारिस गरेका योर्क सायर, ल्याण्डरोस, ड्यूरोस जातका बंगुर पालिएका छन् । आफ्नो फार्मबाट लगेका बंगुरका पाठापाठीमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो । कृषि पेशा जोकोहीले पनि गर्न सकिने बताउँदै उहाँले विदेश जानुभन्दा फरक फरक खालको कृषि पेशामा लाग्न यूवाहरुलाई आग्रह गर्नुभयो ।

उहाँको फार्म अवलोकन गर्न विभिन्न जिल्लाबाट सर्वसाधारण जिज्ञासुहरु पुग्ने गरेको र कतिपयले त आफ्नो फार्मबाट प्रभावित भएर तत्कालै बंगुरका पाठा(पाठी किनेर लैजाने समेत गरेको अनुभव सीतारामले सुनाउनुभयो । कलाकारिता र कृषि पेशालाई कसरी सँगसँगै अगाडि बढाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो( ‘गर्न खोज्यो भने जसरी पनि समय निकाल्न सकिने रहेछ, म कलाकारितामा व्यस्त भएका बेला मदन दाइले हेर्नुहुन्छ, अन्य समय म आफै फार्ममा आउँछु ।’
मुलुकभित्र मासुको खपत बढ्दै गइरहेको छ । मागअनुसार मासुको उत्पादन भने हुन सकेको छैन । जसले गर्दा विदेशबाट मासु आयात गर्नुपर्ने वाध्यात्मक स्थिति छ । यस्तो अवस्थामा नेपालमा जति मासु उत्पादन गर्न सके पनि खपत हुने बताउनुहुन्छ सीताराम ।

१६ मंसिर, 2070

साभार ः अनलाइनखवर 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :